म व्यक्तिगत रुपमा यौनिक अल्पसंख्यक समूदायसँग नजिक छु : भट्टराई

म व्यक्तिगत रुपमा यौनिक अल्पसंख्यक समूदायसँग नजिक छु : भट्टराई

ललितपुर (पहिचान) माघ २७ -नयाँ शक्ती नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका मुद्धामा गंम्भिर रहेको बताएका छन् । नयाँ शक्तीले यो समूदायको मुद्धालाई सँगै लिएर जाने भन्दै अरु राजनीतिक दल भन्दा फरक हिसावले सम्बोधन गर्ने भट्टराईको भनाई छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको मातृ संस्था नील हिरा समाजको टोलीसँगको भेटमा भट्टराईले आर्थिक विकास र अधिकार मुद्धामा नयाँ शक्ती लागि पर्ने वताए । भट्टराईलाई भेट्न ललितपुर सानेपा गएका समाजकी अध्यक्ष पिंकी गुरुङ, कार्यकारी निर्देशक मनिषा ढकाल, समाजको दिवा परियोजनाका सहायक कार्यक्रम निर्देशक संजय शर्मा र मलायका लामासँग भट्टराईले यो समूदायलाई राजनीतिक रुपमा अगाडि बढाउन नयाँ शक्ती तयार रहेको प्रतिवद्धता जनाए ।20160209_161853

सुनिलबाबु पन्तसँग दैनिक जसो सम्पर्क भइरहन्थ्यो भट्टराईले भने, म यो समूदायसँग बाचिञ्जेलसम्म नजिक हुन्छु । भट्टराईले पन्त कहा हुनुहुन्छ भनेर पनि जिज्ञासा राखेका थिए । भट्टराईले अझै पनि समाजमा पुरातनबादी सोच भएका व्यक्ति रहेको बताउँदै राजनीतिक जनचेतना मार्फत त्यस्ता पूरातनवादी सोचको अन्त्य गर्नु पर्नेमा जोड दिए । नयाँ शक्तीमा सहभागी हुने इच्छा सहित पुगेका यौनिक तथा लैंगिक अल्पसंख्यकलाई भट्टराईले यसबारे प्राविधिक टोलीसँग छलफल गरेर टुङ्गोमा पुग्न सकिने वताए ।

इच्छा राखेर आउनु भयो, म पनि व्यक्तिगत रुपमै यो समूदायसँग नजिक छु भट्टराईले भने, कसरी सहभागी हुन सकिन्छ तपाईहरु पनि छलफल गरेर आउनुहोस बसेर एउटा टुङ्गोमा पुगौला । समाजकी अध्यक्ष पिंकी गुरुङ्गले अहिलेसम्मका राजनीतिक दलले आफ्नो अधिकारको मुद्धालाई गंम्भिर रुपमा नलिएको र नयाँ शक्तीसँग नयाँ अवधारणा भएको पाएकाले इच्छा लागेर छलफल गर्न आएको वताइन । समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले कागजमा यौनिक तथा लैंगिक अल्पसंख्यकको मुद्धा लेखिए पनि कार्यान्वयन हुन नीति निर्माण तहमै पुग्नु पर्ने वताइन ।

हामी राजनीति मार्फत आफ्नो समूदायको अधिकारसँगै नयाँ शक्तीको आर्थिक विकासको अभियानमा सहभागी हुन चाहन्छौ ढकालले भनिन्, कागजमा मात्रै लेखिने कार्यान्वयन नहुने समस्या यो नयाँ शक्तीमा देखिदैन भन्ने आशा छ । दिवा परियोजनाका सहायक कार्यक्रम निर्देशक संजय शर्माले आफू पहिले देखिनै भट्टराईको भिजनबाट प्रभावित भएको बताउँदै आफ्नो समूदायका सदस्यलाई नयाँ शक्तीमा स्थान दिन आग्रह गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.