तपाईंहरुले जे काम गरिरहनु भएको छ, मलाई राम्रो लाग्यो : निकिता

तपाईंहरुले जे काम गरिरहनु भएको छ, मलाई राम्रो लाग्यो : निकिता

काठमाडौं (पहिचान) फागुन ७ – गायीका निकिता थापाले परिवारबाटै जनचेतनाको कार्यक्रम संचालन नगरेसम्म यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआउने बताएकी छन् । ‘परिवारमा साना साना नानीहरुलाई समलिंगी तेस्रोलिंगी माथि विभेद गर्नु हुँदैन भनेर बाबा आमाले नै बुझाउनु पर्छ । अनि मात्रै उनीहरुमाथिको फरक ब्यवहार अन्त्य हुन सक्छ ।’ थापाले भनिन् ।
फरक खालको ब्यक्ति देख्ने बित्तिकै हेयभावले हेर्ने दृष्टिकोण समाजमा यथावत रहेको भन्दै गायीका थापाले तेस्रोलिंगी पनि फरक देखिने भएकाले उनीहरुलाई भिन्न दृष्टिकोणले हेर्ने गरिएको वताइन ।
‘उहाँहरु पनि हामी जस्तै हो, मानव नै हो । महिला पुरुष सरह भएका मान्छेलाई किन विभेद भइरहेको छ । यसको अन्त्यका लागि सबैले मिलेर काम गर्नु पर्छ ।’ थापाले भनिन् ।
‘अहिलेको सरकार र तत्कालिन संविधानसभाले जे काम गरिरहेको छ त्यो निकै राम्रो छ । यो सह्रानीय कामका लागि म धन्यवाद पनि दिन्छु,’ गायीका थापाले भनिन्, ‘समलिंगी तेस्रोलिंगीका अधिकार पहिलोपटक संविधानमा सुनिश्चित गरेको छ । यो निकै राम्रो पक्ष हो ।’
भारतमा पनि समलिंगी तेस्रोलिंगी निकै ठूलो संख्यामा रहेको भन्दै उनले त्यहाँ एनजीयो, आइएनजीओहरुले उनीहरुको अधिकारका क्षेत्रमा काम गरिरहेको बताइन् । उनले भनिन्,‘यहाँको तुलनामा भारतमा अलि धेरै संघसंस्थाहरुले काम गरिरहेका छन्, यहाँपनि तपाइहरुले समलिंगी तेस्रोलिंगीको अधिकारका लागि काम गरिरहनु भएको छ, जुन सकारात्मक पक्ष हो । मलाई त निकै राम्रो लाग्यो । यसैगरी सबैले अर्कोपक्षलाई पनि स्वीकार गर्दै जाने हो भने सबैको अधिकार सुनिश्चित हुन्छ, समतामुलक समाज निर्माण हुन्छ ।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.