“समलिंगी तेस्रोलिंगीले मलाई मायाँ गर्छन्”

“समलिंगी तेस्रोलिंगीले मलाई मायाँ गर्छन्”

काठमाडौं (पहिचान) फागुन १४ – लोक गायक कुमार बस्नेतले समलिंगी तेस्रोलिंगीबारे आफ्नो समयमा केही चर्चा परिचर्चा नभएकै कारण आफूले यसबारे गीत नगाएको बताएका छन् । “म गाउँ गाउँमा गएर गीत तथा भाका संकलन गर्थें, त्यो समयमा जे देखिन्थ्यो त्यही म गाउँथें, तर, महिले त्यो समय समलिंगी तेस्रोलिंगीबारे कँही केही जानकारी पाइन त्यही भएर गाइन । सायद यो बारे त्यो समय समाजमा चर्चा परिपर्चा भएको भए ति विषयलाई समेट्थें ।” उनले भने ।
“म गाउँमा जान्छु, गाउँको ढिडो पनि मै खान्छु, जे देख्छु म त्यही न गाउँने हो । म नेपाली भएपनि नेपालकै स्थानीय कला, संस्कृतिलाई गीतमा उतार्ने हो,” गायक बस्नेतले भने, “सायद अब यसबारे धेरैलाई थाहा भएपछि यसबारे पनि लोक गीतमा आउला ।”
समलिंगी तेस्रोलिंगी पनि यही समाजको नागरिक भएकाले उनीहरुले पनि समान अधिकार उपभोग गर्नु पाउनु पर्ने उनको भनाई छ । “उनीहरु पनि हुमेनविंङ हुन् । उनीहरु पनि हामी जस्तै जन्मिएका हुन् भने उनीहरुलाई किन विभेदको नजरले हेर्ने ?” उनको प्रश्न छ ।
“म पनि उनीहरुलाई चिन्छु, उनीहरु पनि मलाई चिन्छन्, मलाई मायाँ पनि गर्छन्,” लोक संम्राट गायक बस्नेतले भने,“उनीहरुलाई अमेरिकालगायतका देशमा अधिकार दिइएको छ, मलाई थाहा छ, जमर्नीतिर जस्तो लाग्छ यसैबारे कुरा चलिरहेको छ क्यारे, हाम्रोमा नयाँ संविधानमा अधिकार दिइएको छ भन्ने सुनेको छु, तर, मलाई विश्वास छैन यो कार्यान्वयन हुन्छ भन्नेमा ।”

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.