काँग्रेसको १३ औं महाधिबेशन र यौनिक तथा लैंगिक अल्पसख्यक

काँग्रेसको १३ औं महाधिबेशन र यौनिक तथा लैंगिक अल्पसख्यक

congress-maha

काठमाडौं/पहिचान – नेपाली कांग्रेस १३ औं महाधिवेशनमा होमीएको छ । देशका सबै वर्ग र समुदायले नेपाली कांग्रेसको महाधिवेशनबाट संविधानमा भएको समावेसिताको अभ्यास सुरु हुने र त्यसले सबै पार्टी हुँदै देशका सबै निकायमा लागू हुने अपेक्ष गरेका छन् । तर नेपाली का्रग्रेसमा भने समावेसितालाई प्रतिनिधित्व गर्ने र संगठन विस्तार गर्ने प्रस्ताव नै अलमलमा परेको छ । विधान संसोधनको प्रस्ताव नै अस्विकृत भएको छ ।


कांग्रेसको विचारसंग आस्थावान र संविधान कार्यान्वयनका हिसावले कांग्रेसलाई हेरिरहेका यैनिक तथा लैंगिक अल्पसंख्यकसहित सबै समुदायले कांग्रेसको विधान र उसका नीति तथा कार्यक्रमलाइ नियालिरहेका छन् । यस्तो अबस्थामा के काँग्रेसले सबैलाइ निरास बनाउने हो त ? भन्ने प्रश्न उठेको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना काँग्रेसको १३ औं महाधिवेशनले सबै समुदायलाई समावेसिताको मुल धारमा जोड्ने बताउछिन । उनले समावेसितामा आरक्षणको व्यवस्था निश्चित समयका लागि मात्र हुने भन्दै आफूले आरक्षण कोटा समेत छोडेर खुल्ला प्रतिस्पर्धामा जान लागेको बताइन ।
‘कांग्रेसको १३ औं महाधिवेशनले महिला, आदिवासी जनजाति, मधेसी मुस्लिमसहित सबै समावेसिताको कोटा बढाउनुका साथै सबैलाई जोड्ने छ’ उनले भनिन्, ‘कुनै पनि नेपाली नागरिकले कांग्रेसमा ठाउँ छैन भन्ने अबस्था हुने छैन ।’
‘कस्को यौन झुकाव कता छ वा कस्को शारीरिक बनावट कस्तो छ भन्ने आधारमा विभेद हुने दिन अब गए’ अर्का केन्द्रीय सदस्य मिन बिश्वकर्माले भने, ‘नेपाली कांग्रेसले सहभागिता र सुरक्षाका हिसावले कुनै पनि समुदाय अधिकार बिहिन नरहने अबस्था अब कांग्रेसले निर्माण गर्छ ।’ उनले वीपीले सुरु गरेको समावेसिताको अभियानलाई अबको नेतृत्वले संस्थागत गर्ने बताए ।
कांग्रेसकै युवा नेता विष्णु राइले १३ औं महाधिवेशसनले संविधान अनुरुपका सबै विशेषता आफ्नो विधानमा राख्ने भन्दै त्यसपछि कसैले पनि विभेदको सामना गर्नु नपर्ने बताए । ‘मानव विवेकसहतिको प्राणि भएकाले पनि यो अनुपम उदाहरण हो, यहाँ भित्र पनि विभेद हुनु न्यायपूर्ण हुँदैन’ उनले भने, ‘नेपाली कांग्रेसले नभनिकन गरेको समावेशिताको अभ्यासमा अरु पार्टीले नारा बनाएका हुन् अब का्रग्रेसले त्यसलाई बैधानिकरुपमै संबोधन गर्छ ।’
कांग्रेसकै युवा नेता कर्मा छिरिङ सेर्पाले यौनिक अल्पसंख्यकका विषयमा कांग्रेसले नै संबोधन गर्ने बताए । ‘समावेसिताका विषयमा नारा लाएर हैन काम गरेर कांग्रेस अगाडी बढ्छ’ शेर्पाले भने, ‘त्यसैले समलिंगी तेस्रोलिंगी मात्र हैन सबैका विषय कांग्रेसले संबोधन गर्छ ।’
कांग्रेसकी युवा नेतृ लक्ष्मी खतिवडाले यौनिक अल्पसंख्यकका विषय संविधानले संवोधन गरिसकेकाले अब त्यसका भावना अनुरुपको कार्यान्वयन हुनुपर्ने बताइन् । ‘धेरै शक्तिशाली हु भन्ने नेताले नसेकेको सबैले लुते भनेका हाम्रा स्वर्गीय सभापति सुशील कोइरालाको नतृत्वमा संबिधान जारी भयो’ उनले भनिन्, ‘अब बाँकी संविधानको कार्यान्वयन पनि कांग्रेसले नै गर्छ र समलिंगी तेस्रोलिंगी सहित सबैका अधिकार सुनिश्चित गर्छ ।’

यस्तै काँग्रेसका युवा नेता पुष्प पराजुलीले अधिकार विहिन समूदायको अधिकारको पक्षमा आफ्नो साथ रहने वताए । काँग्रेसका अर्को नेता ताराबहादुर कोइरालाले संबिधानमा लेखिएको अधिकार कसैले हनन गर्न नसक्ने र यसका लागि यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्य एकजुट हुनुपर्ने वताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.