निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

राप्रपा नेपालले तेस्रोलिंगीलाई केन्द्रीय सदस्य बनाउने

राप्रपा नेपालले तेस्रोलिंगीलाई केन्द्रीय सदस्य बनाउने

997
SHARES

कैलाली (पहिचान) फागुन २८ – राप्रपा नेपालले तेस्रोलिंगीलाई पार्टी केन्द्रीय समितिमा राख्ने प्रतिबद्धता जनाएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कैलाली राप्रपा नेपाल जिल्ला अध्यक्ष जनककुमारी कुँवरमार्फत तेस्रोलिंगीलाई केन्द्रीय समिति सदस्यमा राख्ने जनाएका हुन् ।
kamal-thapa1“हाम्रो अध्यक्ष कमल थापा ज्यूले मनोज शाही मोनिका सँग कुरा गर्दा अर्को महाधिवेशनबाट एक जना तेस्रोलिंगीलाई केन्द्रीय समितिमा सिट आरक्षणको रुपमा छुट्याउने प्रतिबद्धता जनाउनु भएको छ,” कुँवरले भनिन्,“उहाँले भनिसकेपछि हुन्छ । अर्को पटकदेखी केन्द्रीय समितिमा तेस्रोलिंगीको पनि प्रतिनिधित्व हुन्छ ।”
उनले शाहीलाई सुदुरपश्चिमका नौ जिल्लाको राप्रपा नेपाल अन्तरगत तेस्रोलिंगीको संयोजकको भूमिक निर्वाह गर्न समेत सुझाव दिदै भनिन्,“मैले मोनिकालाई सुदुरपश्चिमका नौ जिल्लाको संयोजक हुन भनेको छु । त्यसका लागि के सहयोग गर्नु पर्छ म तयार छु । जिल्लामा अध्यक्षहरुलाई भन्छु । उहाँहरुले सहयोग गर्नु हुन्छ ।”
“म र मेरो पार्टी सधै समलिंगी तेस्रोलिंगीको पक्षमा छ । म सहयोग गर्न तयार छु । हाम्रो अधिकार र पहिचानका लागि सहयोग गर्नु पर्यो भनेर अहिलेसम्म कोही आएको छैन । आएको खण्डमा उहाँहरुलाई विभेद गर्नु हुँदैन भनेर प्रचार प्रसार र चेतना जगाउने काम गर्छु । तर, त्यसको लागि आउनु त पर्यो । भन्नु पर्यो,” कुँवरले भनिन् ।
“म तेस्रोलिंगीहरुलाई राम्रो सँग चिन्छु । उनीहरुले पनि मलाई चिन्छन्,” कुँवरले भनिन्, “संगै उठ्बस र खानपिन पनि भएको छ ।” अधिकारका लागि सबै यौनिक तथा लैगिक अल्पसंख्यक समुदायका ब्यक्ति खुलेर आउनु पर्ने उनको भनाई छ । “अधिकार र पहिचानका लागि सबै खृुलेर आयनु पर्छ । अनिमात्र अधिकार पाइन्छ । पहिले आफू के हो त्यो त चिनाउनु पर्यो । आफ्नोबारे जानकारी त दिनु पर्यो,” कुँवरले भनिन् ।

समाचार शेयर गर्नुहोस्
997
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.