निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“माओवादीले समलिंगी तेस्रोलिंगीलाई सँगै लिएर जान सकेन”

“माओवादीले समलिंगी तेस्रोलिंगीलाई सँगै लिएर जान सकेन”

545
SHARES

काठमाडौं (पहिचान) फागुन ३० – बाम विश्लेषक मणी थापाले एकीकृत नेकपा माओवादीले समलिंगी तेस्रोलिंगीलाई सँगै लिएर जान नसकेको बताएका छन् । जनयुद्धमा सँगै साथ दिएका र अंगभङ्ग भएका तेस्रोलिंगी समलिंगीलाई खुला राजनीतिमा आएपछि राज्यका हरेक निकाय तथा  तहतप्कामा प्रतिनिधित्व गराउन सक्ने अवस्थामा पनि एकीकृत माओवादीले नगरेको उनको भनाई छ ।

Mani Thapa“विभिन्न वर्ग तथा समुदायलाई खुला राजनीतिमा आएपछि अबसर आएको थियो । जनयुद्धबाट आएपछि दुई जना प्रधानमन्त्री माओवादीले पायो । त्यो उसका लागि सुन्दर अबसर थियो । तर, माओवादी त्यही चुक्यो । कांग्रेस र एमाले जस्तै हाईफाईतर्फ लाग्यो त्यो नै उसका लागि घातक बन्यो” पत्रकार नेत्र पन्थीको डिभोर्स पुस्तकको विमोचन पछि पहिचान अनलाइनसँग कुरागर्दै थापाले भने ।

एकीकृत माओवादी सरकारमा जाँदा यौनिक तथा लैंगिक अल्पसंख्यकलागि पहिलोपटक बजेट छुट्टिए पनि पछि त्यसले निरन्तरता पाउन नसकेको उनको भनाई छ । “माओवादी जुन जगबाट सुरु भएको हो । अब त्यही जगमा नफर्किएसम्म सबै क्लासका मुद्धा, माग र अधिकार समावेश गर्न संभव हुँदैन,” थापाले भने, “अब सबैका अधिकारका विषयमा कुरा उठाउन नवधनाढ्यहरुको पार्टीबाट पछि फर्किनु पर्छ ।”

सबै नागरिक समान भएकाले यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा सबै राजनीतिक दल तथा सरकारले चासो दिनु पर्ने उनको भनाई छ । “सबै पछि परेको जाती, भाषा, सुमदाय तथा यौनिकहरुको पार्टी माओवादीलाई बनाउन अहिले हामीले अभियान चलाइरहेका छौं ।” थापाले भने ।

समाचार शेयर गर्नुहोस्
545
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.