“सबैका अधिकारका कुरा गर्ने कांग्रेसले तेस्रोलिंगीलाई छुटाउने कुरै आउदैन”

“सबैका अधिकारका कुरा गर्ने कांग्रेसले तेस्रोलिंगीलाई छुटाउने कुरै आउदैन”

काठमाडौं (पहिचान) चैत्र १६ – नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले समलिंगी तेस्रोलिंगीले संविधानबाट प्राप्त गरेका अधिकार कांग्रेसले सुनिश्चित गर्ने बताएका छन् । रेडियो कार्यक्रम पहिचानसँगकको कुराकानीमा केन्द्रीय सदस्य बस्नेतले समावेसिताको अभ्यास कांग्रेसले लामो समय देखि गदै आएको भन्दै अब पनि त्यसलाई निरन्तरता दिने बताए ।
Mohan_Basnet_4‘कांग्रेसले संविधान र कानुनमा नलेख्दा नै का्रग्रेसका संस्थापनक नेता वीपी कोइरालाले दलित जनजातिलाई पदाधिकारीमा ल्याएर समावेसिताको अभ्यास गर्नुभएको थियो’ बस्नेतले भने, ‘कांग्रेसले त्यसलाई संबिधानले संवोधन गर्नु अवावै केन्द्रीय समतिमिा समावेसिताको अभ्यास सुरु गरिसकेको छ ।’ उनले समावेसिताका सवालमा कांग्रेस अरु पार्टी भन्दा अगाडी रहेको भन्दै समलिंगी तेस्रोलिंगीका अधिकारका लागि पनि अग्रसरता लिने बताए ।
उनले महाधिवेशनमा भने निर्वाचन प्रणालीबाट आउने व्यवस्था रहेको भन्दै समलिंगी तेस्रोलिंगीसहित अन्य समुह पनि छुटेको हुनसक्ने बताए । ‘महाधिवेशनमा गाउँ अधिवेशन देखि नै निर्वाचन प्रक्रिया फेस गरेर आउनुपर्ने हुन्छ, सानो संख्या भएका कारण समलिंगी तेस्रोलिंगीहरु निर्वाचनको प्रक्रियाबाट छुटेका हुनसक्छन्’ उनले भने ।
बस्नेतले कांग्रेसमा यस्ता छुटेका समुहलाई समेट्नकै लागि हरेक निकायमा मनोनित पदको व्यवस्था गरिएको भन्दै त्यसमा आफ्नो दावी प्रस्तुत गर्न सुझाव दिए । ‘कांग्रेसको गाउँ तह देखि केन्द्रीय समितिसम्म मनोनित कोटाको व्यवस्था छ, कांग्रेसको राजनीतिमा रहेर पनि कोही छुटेको छ भने समालिंगी तेस्रोलिंगी वा अरु समुहबाट पनि आफ्नो हैसयित अनुसारको पदमा दावी प्रस्तुत गर्न म सुझाव दिन्छु’ उनले भने ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.