संविधान लागु भइसकेपछि मान्दिन भन्न कस्ले पाउँछ ?

संविधान लागु भइसकेपछि मान्दिन भन्न कस्ले पाउँछ ?

काठमाडौं (पहिचान) चैत्र १८ – सांसद रिता शाहीले संविधान लागु भइसकेकाले कसैले पनि त्यसलाई मान्दिन भन्न नपाउने बताएकी छन्। नेपाली कांग्रेसका तर्फबाट सांसद बनेकी शाहीले समलिंगी तेस्रो लिंगीका अधिकार पनि संविधानमा लेखिइसकेकाले कानुन बनाएर त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताइन् ।
Rita‘संविधान लागु भइसकेपछि त्यसलाई मान्दिन भन्न कसैले पनि पाउदैन’, सांसद शाहीले भनिन्, ‘समलिंगी तेस्रोलिंगीलाई पनि संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर संबोधन गरिसकेको छ त्यसैले अब कानुन बनाएर उनीहरुका अधिकार सुनिश्चित गर्नुपर्छ ।’ उनले कानुन निर्माणको भूमिका सरकार र सांसदहरुको भएको भन्दै त्यसका लागि सरकारले विधेयक ल्यानु आवस्यक भएको बताइन् ।
‘उनले सरकारले संसद्को अधिवेशन बैठक आह्वान नगर्दा सांसदहरु भूमिकाविहिन भएको भन्दै संविधान कार्यान्वयनको चरणमा यस्तो अबस्था आउनु दुःखद भएको बताइन्। ‘सरकारले संसदको अधिवेशन नै आह्वान नगर्दा सांसदहरु भूमिकाविहिन जस्तै भएका छौ’, उनले भनिन, ‘संविधान कार्यान्वयन गर्ने समयमा धेरै कानुन संशोधन र नयाँ कानुन निर्माण गर्नेपर्नेमा सांसदहरु हात बाँधेर बस्नुपर्ने अबस्था आउनु नै दुःखद हो ।’ उनले चाडो संसद आह्वान गरेर प्रभावकारी रुपमा अघि बढ्नुपर्ने बताइन् ।
शाहीले आफ्नो पार्टी नेपाली कांग्रेस समेत आफ्नै व्यवस्थापन जुट्नु पर्दा समस्या आएको बताइन् । ‘हाम्रो पार्टी नेपाली कांग्रेस अहिले प्रतिपक्षमा छ’ उनले भनिन्, ‘सरकारले बैठक आह्वान नगरे समावेदनमार्फत भए पनि संसद बैठक आह्वानका लागि दवाव दिन सकिन्थ्यो तर हामी आफै दलको नेताको चुनावमा जुट्नु पर्ने अबस्था छ ।’ उनले संसदीय दलको नेता तथा कार्यसमति चयन पछि का्रग्रेसले संसदमाा प्रभावकारी भूमिकाको पहल गर्ने बताइन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.