समलिंगी तेस्रोलिंगीलाई सहयोग गर्नु मेरो दायित्व हो : विश्वकर्मा

समलिंगी तेस्रोलिंगीलाई सहयोग गर्नु मेरो दायित्व हो : विश्वकर्मा

काठमाडौं (पहिचान) चैत्र १९ – सञ्चारकर्मी महावीर विश्वकर्माले समलिंगी तेस्रोलिंगीलाई सहयोग गर्नु आफ्नो दायित्व भएको बताएका छन् । रेडियो थाहा संचार (९९ दशमलव ४) नेटवर्क मार्फत बहकिने मन नामक कार्यक्रमका संचालक एवं प्रस्तोता विश्वकर्माले आफ्नो कार्यक्रममा समलिंगी तेस्रोलिंगीलाई समावेश गर्न चाहेको बताए ।
Bahakine Manमहिला र पुरुषलाई फरक फरक टेलिफोन नम्बर उपलब्ध गराएका उनले समलिंगी तेस्रोलिंगीलाई भने दुईओटै नम्बर उपलब्ध गराउदै आएका छन् । ‘म आफै पनि दलित समुदायको ब्यक्ति भएकाले म स्वयमले पनि धेरै विभेद भोग्नु परेको छ । यस्तै अवस्था समलिंगी तेस्रोलिंगीको पनि छ भन्ने मलाई लाग्यो र उहाँहरुलाई सजिलो होस् भनेर दुबै नम्बर उपलब्ध गराएको हुँ ।’ उनले भने ।
बहकिने मनमा अहिलेसम्म कोही पनि समलिंगी तेस्रोलिंगीले टेलिफोन नगरेको उनले बताए । ‘म मेरो कार्यक्रममा आउने स्रोताका मुक्तक सुन्ने गरेको छु । यदी उहाँहरु आउनु भयो भने उहाँहरुसँग अन्तरगं कुरा गर्ने थिंए । म त्यो क्षणको पर्खाइका छु ।’ विभेदको डरले पनि अहिलेसम्म आफ्नो कार्यक्रममा उनीहरु नआएको हुनसक्ने उनको भनाई छ ।
अधिकार प्राप्तिका लागि पहिले आफै खुल्नुपर्नेमा जोड दिदैं विश्वकर्माले समलिंगी तस्रोलिंगीलाई आफ्नो पहिचान खुलाएर अधिकार प्राप्तीको अभियानमा लाग्न सुझाव दिए । नील हिरा समाजका जिल्लाका शाखाहरुबाट समेत अधिकार र पहिचानका लागि पहल गर्न सुझाव दिदै आवाज बलियो नबनाएसम्म अधिकार प्राप्त गर्न नसकिने उनको बुझाइ छ । Mahabir
संविधानमा अधिकार लेखिदैमा व्यबहारमा कार्यान्वयन नहुने विश्वकर्माको भनाई छ । ‘संविधानमा अधिकार लेखिदैमा त्यो कार्यान्वयन हुन्छ भन्ने छैन । कानुन पनि बन्नु पर्छ । कानुन बनेपनि भइहाल्छ भन्ने पनि होइन । म साथीहरुसँग बसेर खाना खान्छु । तर, घर जाँदा उनीहरुको घरमा मलाई पस्न दिईंदैन । दलितलाई छुवाछुत गर्नु हुँदैन भनेर कानुनमा लेखिएपनि त्यो कार्यान्वयन अझै भएको छैन ।’
महिला पुरुष सरह समलिंगी तेस्रोलिंगी पनि समान रहेको भन्दै फरक यौनिकता कै कारण उनीहरुलाई विभेद गर्न नहुने सञ्चारकर्मी विश्वकर्माले बताए । राज्यका हरेक निकायमा समान पहुँच र प्रतिनिधित्व नभएसम्म समतामूलक समाज निर्माण नहुने उनले बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.