‘फौजदारी न्यायमा संविधान र कानुनले भन्दा प्रहरीको मुढले बढी काम गर्छ’

‘फौजदारी न्यायमा संविधान र कानुनले भन्दा प्रहरीको मुढले बढी काम गर्छ’

काठमाडौं/पहिचान – नील हिरा समाजमा रहेका धेरै परियोजनाहरुले विभिन्न क्षेत्रमा काम गरिरहेका छन। त्यस मध्ये मानव अधिकारका क्षेत्रमा काम गर्ने परियोजना हो साहारा । साउथ यसियन हयुम्यान राइट एसोसियसन फर मार्जिनल सेक्सुवालिटी एण्ड जेण्डरले एलजीवीटीआइ समुदायको मानव अधिकारका घटनाको अभिलेखीकरण गरी विश्वलाई नै नेपालमा उनीहरुको मानव अधिकारको अवस्थाबारे जानकारी दिने काम गर्छ । नेपालमा समलिंगी तेस्रोलिंगीको मानवअधिकारको अबस्था कस्तो छ, त्यसमा सुधार भएको अथवा थप विग्रिएको अवस्था छ ? यिनै विषयमा पहिचानमा हामीले साहारा परियोजनाकी कन्ट्री डाइरेक्टर सुशीला लामासँग कुराकानी गरेका छौं प्रस्तुत छ लामासँग गरिएको कुराकानी ।
प्रश्न : नील हिरा समाज अन्तर्गतको साहारा प्रोजेक्टले के गर्छ ?
साहारा भनेको साउथ यसियन ह्युम्यान राइट एसोसियसन फर मार्जिनल सेक्सुवालिटि एण्ड जेण्डर भनेर हामी भन्छौ । यो एउटा रिजनल नेटवर्क हो । नेपाल बाहेक बांलादेश, श्रीलंका, भारतको बिभिन्न प्रान्तहरु पाकिस्तान लगायतको एउटा रिजनल नेटवर्क हो । यसको मेन ‘उद्धेश्य’ भनेको चाहि एलजीवीटीटिआइ प्रति हुने जति पनि ह्युम्यान राइट भ्वाइलेन्सका घटना छन त्यसलाई सिस्टमेटिक रुपमा डकुमेण्टेशन गर्ने काम हो ।
प्रश्न : तपाइले नेपालको मात्रै अभिलेखीकरण गर्नुहुन्छ अथवा अरु देशको पनि ?
नील हिरा समाजको साहारा प्रोजेक्ट जुन छ त्यसमा चाहि म कन्ट्रि अफिसरको रुपमा काम गरिरहेको छु । म जति पनि नेपालमा हुने घटना हुन्छन् त्यसलाई डकुमेण्टेशन गर्ने काम गरिरहेको छु ।
प्रश्न : अहिले कस्तो छ नेपालमा एलजीवीटीको मानब अधिकारको अबस्था ?
हामी २००१ देखि काम गर्दै अहिले २०१६ सम्म आइसकेका छौ । समयकै हिसाबले पनि पहिलाको तुलनामा अलिकति राम्रो त छ नै । अब हामी समलिंगी तेस्रोलिंगीहरुलाई अझै पनि बिभिन्न ठाउँमा विभेद र हिंसाका घटना हुने गरेका छन् । बिशेष गरी काठमाडौं देखि लिएर बिभिन्न पाँच विकास क्षेत्रका शहर छन् ति क्षेत्रहरुमा पनि बिभिन्न भ्वाइसेन्सका घटना हुन्छन् । कहिले समलिंगी पुरुषलाई, कहिले समलिंगी महिलालाई, कहिले तेस्रोलिंगीलाई यस्ता घटना हुने गरेका छन् । ती घट्नालाई हामीे डकुमेण्टेशन गर्छौ ।
प्रश्न : समलिंगीका लागि नेपालमा कानुनी व्यबस्था छैन कानुन नहुदाँ कस्ता समस्या आउदा रैछन् ?
नेपालमा अहिलेसम्म समलिंगी तेस्रोलिंगी फ्रेण्ड्ली कानुनहरु बन्न सकेका छैनन । अहिले संबिधानमा जति कुराहरु आएको छ त्यो स्वागत योग्य छ र त्यो भोलि कानुन बन्दा पनि सायद हामी समलिंगी तेस्रोलिंगीकै फेबरमा केहि कानुन बन्छ होला भन्ने मैले अपेक्षा राखेकीे छु । कानुन नहुदाँ बिभिन्न समस्याहरु आउँछन् । किनभने कति तेस्रोलिंगीहरुलाई नागरिकताको कुराहरुदेखि लिएर पैतृक सम्पति, विवाहको कुरा र अन्य धेरै कुरामा समस्या आएका छन् ।
प्रश्न : जस्तो विवाहमा केन्द्रित हुँदा कस्ता खालका समस्याहरु आएका छन् ?
समलिंगी विवाहको कुरा गर्दाखेरी मैले पूर्वबाट एउटा केस पाएकी थिए २०१५ मा । त्यसमा दुई जना महिला थिए, जो एक अर्कासँंग जीवन बिताउन चाहन्थे । उनीहरुको परिवारले त्यो कुरालाई अनुमति दिएन । अनुमति नदिएपछि उनीहरु घरबाट भागेर छुट्टै संसार बनाएर बसेका थिए तर पछि उनीहरुको परिवारले चाहि पत्ता लगाएर उनीहरुलाई फेरी छुटाएर फिजिकल तथा मेण्टल ह्यारासमेण्ट गर्ने गरेको घट्ना थियो ।
प्रश्न : कुन जिल्लाको ?
मोरङतिरको घटना हो यो, यस्लाई हामीले डकुमेण्टेशन पनि गरेका छौ ।
प्रश्न : अहिले त्यो जोडीको अबस्था कस्तो छ ?
उनीहरुलाई हाम्रो संस्थाले गर्ने भनेको अलिकति थोरै सर्पोट मात्र हो । पुरै जिम्मा लिन सक्ने अबस्था हुँदैन । किन भने नील हिरा समाज अनि साहाराले पनि सबै कुरा गर्न सक्दैन । उनीहरुलाई काउन्सिलिङ दिने, मानब अधिकारको कुरा बुझाउने हो । २०६९ कार्तिक १९ गतेको नेपाल सरकार सर्वोच्च अदालतको आदेशले समलिंगी जोडीलाई संगै बस्न पाउने व्यवस्था गरेको छ । त्यसैको जगमा हामी काउन्सिलिङ गर्छौं र सर्पोट पनि गरिरहेका छौ ।
प्रश्न : मैले भन्न खोजेको संगै बस्न परिवारले नदिएर गाउँ नै छोडेर हिडेको त्यो समलिंगी जोडी गाउँ फिर्ता भएपछिको अवस्था कस्तो छ ?
विवाहका लागि महिलालाई परिवारले दबाव त दिइ नै हाल्छ । मैले अहिले थाहा पाए अनुसार उनीहरु एउटै गाउँका भएकाले उनीहरुबीच भेटघाट भइरहन्छ तर संगै बस्न भने पाएका छैनन ।
प्रश्न : त्यस्तै पुरुष समलिंगीहरुको मानब अधिकार हनन् भएका घटना होलान कस्तो छ अवस्था ?
पुरुष समलिंगीहरुको कुरा गर्दाखेरी चाहि उनीहरुको विवाहमा दबाब आयो भन्ने कम घट्ना छन् । मैले यो डकुमेण्ट गर्दा पुरुषको कार्यक्षेत्रमा काम गर्ने वातावरण नभएको भन्ने घटना चाहि रजिष्ट्रर भएका छन् ।
प्रश्न : तपाइहरुले यस्ता घटना डकुमेण्टेशन मात्र गर्नुहुन्छ वा घटनास्थलमा गएर रेस्पोन्स पनि गर्नुहुन्छ ?
अवश्य पनि साहाराको मुख्य उद्धेश्य भनेको चाहि सिस्टमेटिक डकुमेण्टेशन नै हो । साथै यो हिंसाका जति पनि घटना हुन्छन् त्यसलाई डकुमेण्टेशन गर्ने मात्रै नभएर हामी के भइरहेको छ पीडितको अबस्था के छ सबै बुझ्ने पनि गर्छौ ।
प्रश्न : तपाईहरुले मानव अधिकार विरुद्धका घट्नाको डकुमेण्टेशन मात्र गर्नुहुन्छ, वा राष्ट्रिय मानब अधिकार आयोग लगायतका जिम्मेवार निकायहरुसँगको समन्वयमा पीडितलाई सहयोग पनि गर्नुहुन्छ ?
हामीले साहारामा जुन डकुमेण्टेशन गर्छौ त्यो भन्दा बाहेक हामीले वार्षिक रुपमा राष्ट्रिय मानब अधिकार आयोगमा रिपोर्ट पनि बुझाउने गरेका छौ ।
प्रश्न : तपाइहरुले बुझाएको प्रतिवेदनलाई राष्ट्रिय मानब अधिकार आयोगले कस्तो रेस्पोन्स दिन्छ ?
राष्ट्रिय मानब अधिकार आयोगले हामीलाई यस भन्दा अगाडि पनि सर्पोट गरेको छ र गर्छ भन्ने आशा पनि छ ।
प्रश्न : मानब अधिकार उल्लंघन कसरी हुन्छ त्यस्ता घटना हुन नदिन के गर्नुपर्छ त्यसका बिषयमा अवेरनेश कार्यक्रम पनि तपाइहरुले गर्नुहुन्छ ?
अघिल्लो बर्ष ३२ ओटा मानवअधिकार उल्घंनका घटना हामीले दर्ता गर्यौ । हाम्रो एउटा हुरिडक्स भन्ने पेज हुन्छ । त्यो पेजमा हामीले इन्ट्रि गरिसकेपछि सिधै हाम्रो जुन एजेन्सी हो त्यहा गएर त्यो रजिष्टर हुने गर्छ । बितेको बर्षको मानब अधिकार उल्लंघनको कुरा गर्दाखेरी चाहि नेपागन्जमा एउटा केस भएको थियो त्यसमा ट्रान्स म्यानको पार्टनरको मर्डर भएको थियो । त्यहाँ केहीपनि प्रमाणहरु नभेटिदाखेरी पुलिसले त्यहि ट्रान्स म्यानलाई तिमीले नै उसको हत्या गरेको हुन सक्छ भनेर उसलाईनै लगेर कस्टडीमा राखि राखेको छ । एक हिसाबले हेर्दाखेरी त्यो पनि एउटा भ्वाइलेन्स नै हो, किनभने एकातिर उसको पार्टनर पनि बित्यो त्यसका कारण उ समस्यामा छ अर्कातिर बिना अपराध उ जेल बस्न बाध्य छ ।
त्यस्तै बितेको बर्षमा महाभुकम्प गयो, काठमाडौंका धेरै घरहरु भत्किए, त्यस क्रममा लाजिम्पाट क्षेत्रमा बस्ने साथीहरुलाई घरवालाहरुले भाडा बढाउने काम गरे । तेस्रोलिंगी महिला बस्ने घरमा एकै पटक दुइ तीन हजारसम्म भाडा बढाइयो, बढेको कुरा स्वीकार नगर्दा कोठामा ताला लगाइदिएको थियो, त्यो पनि एउटा भ्वाईलेशन नै हो । त्यसपछि पुलिसहरु गएर नील हिरा समाजबाट पनि प्रतिनिधि गएर त्यहा बस्न मिल्ने व्यबस्था गरेका थियौ ।
प्रश्न : अहिले त्यस्तो समस्या छ कि छैन ?
अहिले त्यस्तो खालको समस्या आएको छैन ।
प्रश्न : तपाईहरुको अवेरनेश कार्यक्रमको अवस्था कस्तो छ ?
अवेरनेश कार्यक्रमहरु हाम्रो प्रोजेक्टवाइज रुपमा संचालन हुन्छन् । नील हिरा समाजको ५२ ओटा कम्यनिटी वेस अर्गनाइजेशन ‘सिबिओ’ छन । नेपालभरमा त्यसलाई हामीले बाड्दै बाड्दै अवेरनेश कार्यक्रम गर्छौ ।
एक पटक सुदुरपश्चिमको त्यसपछि मध्यपश्चिमको हुँदै पश्चिमाञ्चलको त्यसपछि मध्यामाञ्चल, काठमाडौं, पूर्वाञ्चलको गर्दै संचालन गर्छौ । एकै पटक गर्दा अवेरनेश कार्यक्रम प्रभावकारी हुँदैन । उनीहरुले एकै पटक गर्दा सिकाउन खोजेको कुरा बुझ्न पनि सक्दैनन् । छुट्टाछुट्टै गरेर हामीहरुले डकुमेण्टेशनकै बारेमा पनि दिन्छौ त्यसपछि मानब अधिकार उल्लंघन भनेको केहो यसलाई कसरी रेस्पोन्स गर्ने भन्ने कुराहरुमा पनि हामीहरुले समय समयमा कम्युनिटिमा पनि तालिम दिने गरेका छौ ।
प्रश्न : समुदायका मानिसलाई हिंंसामा पर्नुअघि पूर्वसावधानीका लागि कस्तो भूमिका निर्वाह गर्न सिकाइ रहनु भएको छ ?
हामीले सबै मानब अधिकार उल्लंघनको कुराहरु डकुमेन्टेशन र रेस्पोन्स मात्र गर्छौ । हिंसा यसरी हुन्छ, यसरी सुरक्षित भएर बस्ने भनेर चाहि हामीले भन्दैनौ किन भने त्यो हाम्रो काम गर्ने क्षेत्रभित्र पर्दैन । हामी डकुमेण्टेशन गर्छौ र पीडितलाई भेट्ने काम गर्छौ ।
प्रश्न : हिंसामा त दुइवटा पक्ष हुन्छन् नि, तपाईले डकुमेण्टेशन गरिरहँदा त्यसको एनालाइसिस गर्दा हिंसा कसरी भइरहेको छ ? हिंसामा संलग्न व्यक्तिमात्र दोषि हुन्छन वा पीडितका पनि कमी कमजोरी हुन्छन ?
पहिला सिचुएसन एनालाइसिस भन्ने ओर्क प्लानमै पथ्र्यो, त्यसमा चाहि हिंसा गर्ने व्यतिmले किन गर्यो र पीडित कसरी हिंसामा पर्यो भनेर हेर्ने गथ्र्यौ । तर कति हिंसामा पर्नेहरुले आफनो कुराहरु खुलेर राख्नै सक्दैनन ।
प्रश्न : तपाईहरुले डाटा पठाउने युरिडक्स भनेको चाहि के हो ?
हुरिडक्स भनेको अनलाईन डाटा सिस्टमबाट विश्वभरका घटनाको अभिलेख संकलन गर्ने संस्था हो । यसले क्रमबद्धरुपमा विश्वभरका एलजीवीटीआईका मानव अधिकार उल्लंघनका घटनाको अभिलेख राखि त्यसको प्रकाशन र विश्वव्यापीकरण गर्ने काम गर्छ । हामी सुरुमा पेपर फर्म हाम्रो कम्युनिटिमा पुयाउछौ, हामीले तालिम पनि दिएका छौ कि फर्म कसरी भर्ने भनेर, त्यो फर्म भरीसकेपछि त्यसलाई हुरिडक्समा इन्ट्रि गर्ने गर्छौ, यो अनलाइन प्रक्रिया हो । यसमा सबैको नाम हुन्छ, हिंसामा पर्नेको नाम देखि लिएर उसको सेक्सुअल वरिएन्टेशन, जेण्डर आइडिन्डीटी देखि घटना कहिले भयो, कहाँ भयो र किन भयो तथा पिडक को थिए भनेर सबै कुराहरु त्यसमा राख्ने गछौं । त्यसलाई इन्ट्रि गरिसकेपछि साहारालाई सर्पोट गर्ने डोनर एजेन्सि छ यो नर्वेमा हुन्छ तर यो हुरिडक्सको एडमिनिस्ट्रेशन जर्मनमा भएको कारणले त्यहाँ हुन्छ । त्यसपछि उहाँहरुले त्यसलाई रिर्पोटको रुपमा तयार पार्नुहुन्छ सायद त्यो रिर्पोट चाडै तयार पनि हुदैछ । कतिपय कुरा गोपनियता राख्नुपर्ने पनि हुन्छन् ति कुराको गोपनीयता पनि कायम गरिन्छ ।
प्रश्न : यो हुरिडक्समा तपाइहरुले जुन डाटा इन्ट्रि गर्नुहुन्छ त्यो डाटा एडमिस्टेशनले मात्रै हेर्न पाउछ ?
त्यो अनलाइनमै हुन्छ, हामी यसमै काम गर्ने भएको हुनाले हामीले एडभोकेसिको पनि काम गरिरहेका छौ, एडभोकेसिका रुपमा पनि प्रयोग गर्ने भनेर योजना बनाइरहेका छौ ।
प्रश्न : त्यो रिर्पोट सबैले हेर्न सक्छन अथवा तपाइहरुले मात्र ?
प्रकाशित भइसकेपछि इच्छा लागेका सबैले हेर्न पाउछन् ।
प्रश्न : हुरिडक्सको रिपोर्ट हेर्दा नेपालमा र दक्षिण एसियामा घटने घटना र विश्वभरका अन्य विकशित देशका घटना उस्तै प्रकृतिका छन् वा फरक छन कस्तो पाउनुभएको छ ?
अमेरिका युरोपमा पनि भ्वाइलेशन त हुन्छ तर संख्याको हिसाबमा त्यहाँ कम हुन्छ भने साउथ यसियामा, अफ्रिका लगायत गरिब र अबिकसित मुलुकमा ज्यादा हुन्छन् ।
प्रश्न : जहाँ अविकास हुन्छ जहाँ मान्छेहरु शिक्षित हुदैनन त्यहा भ्वाइलेन्सको रेट बढी त भइहाल्छ तर अरु देशको अवस्था कस्तो पाउनुभएको छ ?
धेरै घटना उजुरीको रुपमा आउछ, त्यो हुरीडक्स भन्ने पेज छ, त्यो पेजमा आउछ । त्यो पेजको एक्सिस् मलाई मात्रै छ नेपालमा । त्यो पेजबाट हामीले बंगलादेशमा के भइरहेको छ, श्रीलंकामा के भइरहेको छ इण्डियामा के भइरहेको छ अनि इण्डियाको मान्छेहरुले कतिको भ्वाइलेसनका घटना डकुमेण्ट गरे भनेर हामीले अध्ययन गर्न सक्छौ ।
प्रश्न : त्यसरी अध्ययन गर्दाखेरी तपाइले साउथ यसियाको मात्रै एक्सिस पाउनु हुन्छ ?
साउथ यसिया रिजन भयो तर काम गर्ने सेक्टर त मेरो नेपाल भयो ।
प्रश्न : तपाइले डकुमेण्टेशन गर्न त नेपालको मात्रै पाउनुहुन्छ तर अध्ययन गर्न त सबैतिरको पाउनु हुन्छ नि त्यो अध्ययनका आधारमा नेपाल र विकसीत राष्ट्रहरुमा के फरक पाउनु हुन्छ ?
तुलना गर्यो भने फरक त हुन्छ नि । मलाई अमेरिका युरोपतिर हुने भ्वाइलेन्सको त मलाई त्यतिसारो ज्ञान छैन । किन भने हाम्रो पहँुच भन्दा अलि बाहिरको कुरा भयो । जति पनि दक्षिण यसियाका देशहरु छ ति देशहरुमा चाहि घटनाको प्रकृतिहरु उस्तै उस्तै नै हुन्छ ।
प्रश्न : प्रहरी ह्यारेस्मेण्टको कुरा गर्दा कस्ता घटनामा बढि हुदो रहेछ ?
म पनि तेस्रोलिंगी हो बाहिरबाट अथवा पुलिसहरुले हेर्दाखेरी त यो अफिसियल हो यो होइन भनेर त हेर्दैनन् । उनीहरुको हेराई त एउटै हुन्छ । म पनि आफनै तरिकाले हिड्दाखेरी तिमी किन हिडेको ? तिमी यहाँ आउन पाउदिनौ जस्ता कुराहरु अथवा यहाँबाट जाने भए गइहाल नभए भ्यानमा लगेर राखिदिन्छु भन्ने गर्छ । यो पनि ह्यारसमेण्ट त हो नि । मान्छे स्वतन्त्र रुपमा बाच्न पाउनु पर्ने हामीले त्यो पाइरहेका छैनौ ।
प्रश्न : त्यसबाहे प्रहरीको कुटाइ भएको अथवा सजाय दिने बेला पनि अमानवीय ढंगले सजाय दिएको भनेर तपाइहरुले मानब अधिकार आयोगमा पुगेर उजुरी गरेका घटना पनि छन् ति घटना चाहि कस्ता हुन् ?
हाम्रा कति तेस्रोलिंगी साथीहरु राती काम गर्नुहुन्छ कोही डान्स बार, कोही दोहोरी अथवा कोही कोही यौन पेसामा पनि काम गरिरहनुभएको छ । त्यो काम गर्ने ठाउँमा सहि तरिकाले काम गर्न नपाएको अबस्था छ । बिना कारण लगेर थुन्ने अनि सार्वजनिक अपराधको मुद्धा लगाएर २४ दिन थुन्ने । त्यसपछि पनि महिला पुरुष भन्दा तेस्रोलिंगीलाई धेरै धरौटी लिने काम हुन्छ, यो पनि हिंसा त हो नि ।
प्रश्न : हिजो संबिधान र कानुनले तेस्रोलिंगीलाई संबोधन गरेको थिएन, अहिले संविधानले संबोधन गरेपछि प्रहरीले गर्ने रेस्पोन्स बाहिर पब्लिकले गर्ने रेस्पोन्स अथवा मानब अधिकार उल्लंघनका घटना केहि कमि भएका छन कि उस्तै अबस्था छ ?
अहिले पनि रेस्पोन्स पुलिस अफिसरहरुको मुढमा भर पर्छ । कति जना राम्रो पनि हुनुहुन्छ भने कति कडा रुपले प्रस्तुत हुने गर्नु हुन्छ । संबिधान जारी भएको ६ महिना मात्रै भयो । महिलाको अधिकारको कुरा लेखिएको पनि त ४७ सालको संबिधानमा हो । अहिले सम्म पनि महिलालाई हिंसा त भइरहेको छ नि त । बिस्तारै मान्छेको मेण्टालिटिमा परिवर्तन आउनुपर्यो सबैलाई सम्मान गर्ने हिसाबले हेरियो भने बिस्तारै यी घटना कम हुदै जान्छन ।
प्रश्न : तपाईले भनेको प्रहरीले संबिधानमा कानुनमा के छ भन्दा पनि उनीहरुको मुढ कस्तो छ भन्ने कुराले मिनिङ राख्छ भन्नुभएको हो ?
हो, जति पनि हिंसा हुन्छ नि त्यो तल्लो लेभलको प्रहरीहरुबाट हुने गरेको छ । अलिकति माथिल्लो दर्जामा रहनुभएकाहरुले त पोष्टले गर्दा नमिलेको हुनसक्छ । जति पनि पुलिस ह्यारेसमेण्टको केस चाहि तल्लो दर्जाको प्रहरीहरुबाटै हुने गरेको छ । सायद उहाहरुमा चेतनाको कमि भएर पनि हुन सक्छ ।
प्रश्न : तपाइले भन्नुभयो कतिपय तेस्रोलिंगीहरु यौन पेसामा छन् यौन पेशा त गैर कानुनी हो नि यसमा त महिला पुरुष वा तेस्रोलिंगी जो भएपनि प्रहरीले कारवाही त गर्नुपर्यो नि होइन ?
जिम्बेवारीको हिसाबले म तेस्रोलिंगीहरुको लागि काम गर्छु । कति सिडियोहरु कति पुलिसहरु उनीहरुले चाहि अब यस्तो नगर्नु नआउनु भनेर सम्झाएको उदाहारणहरु पनि छ । कतिले चाहि थुन्दिने धरौटी पनि धेरै लिने गर्नुहुन्छ ।
प्रश्न : तर तपाई मानब अधिकारकर्मी, कानुनको बिषयमा त जानकार हुन आबश्यक छ नि । देशको कुनै पनि नागरिकले म कानुन जान्दिन वा मान्दिन भन्न त पाउदैन प्रहरीले त कडा सजाय मार्फत यसलाई दुरुत्साहन गर्नु त पर्यो नि हैन ?
त्यसलाई पोजिटिभ रुपमा लिन्छु । हो पनि, किनभने नेपालको कानुनले नै त्यसलाई कुनै मान्यता दिएको छैन भने त्यसो गर्नु भनेको इलिगल नै हुन्छ । जस्तै हाम्रा कति साथीहरु सेक्स वर्करका रुपमा काम गर्नु हुन्थ्यो पहिला अहिले मेक अपको फिल्डमा लाग्नु भएको छ । कतिले आफ्नै बिजनेश गरेर बसेका पनि छन् । कसैले तालिमहरु पनि लिइराख्नु भएको छ । त्यो परिवर्तन हो नि त । पहिला कुनै पनि मान्छे त्यो बाटोमा गएर उभिने म यसरी नै जिन्दगी बिताउछु भनेर सोचेको मान्छेले अहिले कुनै काम गरिरहेको छ भने त्यो परिवर्तन त हो नि । परिवर्तन हुने मौका त दिनुपर्छ ।
प्रश्न : तपाईले भनेजस्ता सकारात्मक परिवर्तन छदैछन् हुँदाहुँदै पनि कतिपय मानिस अहिले पनि त्यहि पुरानै पेशा अपनाइरहेका छन र प्रहरीको कुटाइ सहिरहेका छन् उनीहरुलाई बाहिर निकाल्नका लागि के सुझाब दिनुहुन्छ ?
मैले यो क्षेत्रमा काम गरेको पनि धेरै समय भइसक्यो धेरैसंग भेट भयो । संसारमा धेरै थरीका मान्छे छन । को मान्छेले कुन कुरालाई कसरी लिन्छ भन्ने कुरा व्यक्तिमा भर पर्ने कुरा हो । मैले कति सेक्स वर्करहरुलाई भेटदा कति जना चाहि यहाबाट निस्केर म राम्रो काम गरेर बस्न चाहान्छु भन्ने मान्छेहरु पनि भेटेको छु भने कति जना चाहि म यसमै काम गर्छु यसमै जीवन बिताउछु म यसमै खुसि छु भनेर हिंसाको सिकार भइरहेका छन ।
प्रश्न : त्यो ठाउँ गलत हो अथवा त्यो ठाउँ छोडेर अर्को पेशा अपनाउछु भन्ने मेण्टालिटि पनि छैन ?
कत्तिको त छदै छैन त्यहि पेशामा खुसि भएर बसेका छन ।
प्रश्न :त्यस्ता मान्छेलाई बैधानिकता दिन सम्भब छैन नि ?
त्यसको लागि मुख्य त सरकार नै संवेदनशिल हुनुपर्छ । किनभने हामी सबै यहि देशको नागरिक भएपछि सबै नागरिकलाई व्यवस्थित गरेर राख्नु सरकारको कर्तव्य हो जस्तो लाग्छ । जस्तै सेक्स वर्कर लिगल भएका ठाउँहरु पनि छन्, इण्डिया बांलादेश लगायतका देशहरुमा सेक्स वरकरहरु लिगल्लि काम पनि गरिरहेका छन् । त्यो भएर सरकारले चाहि केहि नीतिहरु ल्याउनुपर्छ ताकि यौन व्याबसाय नै गर्ने हो भने व्यबस्थित रुपमा गर्नुपर्यो यौन पेशालाई कानुनले मान्यता नदिने हो भने सरकारले यस्ता कुनै पनि सेक्टरमा लगेर म्यानेज गराउनु पर्छ जस्तो लाग्छ ।
प्रश्न : यस विषयलाई नीति निर्माताहरुले कसरी हेरिरहेका छन् ?
यो बिषयलाई लिएर धेरै ठाउँमा अभियान पनि संचालन भइसकेका छन् । हामीले पुलिससँग पनि धेरै पटक मिटिङ गर्यौ, यो कुरालाई लिएर मानब अधिकार कर्मी मानब अधिकारवादी संघ संस्थाहरुसँग, राष्ट्रिय मानब अधिकार आयोगदेखि इन्सेक लगायत विभिन्न संघ संस्थाहरुसँग कुरा गरेका छौ । उनीहरुसंँग यो बिषयलाई लिएर गरेको छलफलले सरकारमा पनि केहि प्रभाव पर्छ जस्तो लाग्छ ।
प्रस्तुती : अम्बिका दाहाल

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading