मिस पिंकको उपाधी एनीलाई, भन्छिन : जीवनको लक्ष्य पूरा भयो … 

मिस पिंकको उपाधी एनीलाई, भन्छिन : जीवनको लक्ष्य पूरा भयो … 

काठमाडौं (पहिचान) जेठ ४ – मिस पिंक २०१६ को उपाधी एनी लामाले जितेकी छन् । १८ जना प्रतिष्पर्धी मध्ये टप टेन, टप फाइभ हुँदै उनले मिस पिंक २०१६ को उपाधी पहिरिएकी हुन् । एनीले अब थाइल्याण्डमा हुने मिस पिंक इन्टरनेशनलमा सहभागिता जनाउने र विश्वका प्रतिस्पर्धी सँगै तालिममा सहभागि हुने अवसर प्राप्त गर्ने छिन ।

समलिंगी तेस्रोलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा नील हिरा समाज र क्रुज एड्स नेपालको संयुक्त आयोजनामा भएको प्रतियोगितामा फष्ट रनर अपको उपाधी आकांक्षा तिमल्सिनाले जितेकी छन् भने सेकेण्ड रनर अपको उपाधी पल्लवी शर्माले जितेकी छन् । मिस पिंकको उपाधी बिजेता यानीले नगद ५० हजार रुपैयाँ पुरस्कार पाइन । यस्तै फष्ट रनर अप आकाक्षालाई ४० हजार र सेकेण्ड रनर अप पल्लबीलाई नगद ३० हजार रुपैयाँ प्रदान गरिएको छ । यस्तै वेष्ट वाकमा रेगल विक, मिस व्युटीफुलमा निर्जा लामा, बेष्ट डे«समा इशा नेपाल, मिस कन्जिनालिटीमा मुस्कान केसी र बेष्ट पर्सनालिटीमा निलम पौडेल घोषित भए । उनीहरुलाई जनही दश दश हजार रुपैयाँ नगद प्रदान गरिएको छ ।Miss Pink 2

मिस पिंक विजेता एनीले पहिचान अनलाईनसँग कुरागर्दै जीवनको लक्ष्य पूरा भएको प्रतिक्रिया दिइन । म धेरै खुशी छु एनीले भनिन्, लुकेर बसेका समलिंगी तेस्रोलिंगीलाई खुलेर आउन आग्रह गर्छु । मिस पिंकको ताज पहिरिदाँ आफूमाथि महत्वपूर्ण चुनौती आइपरेको महसुस गरेको एनीको भनाई छ । राष्ट्रिय नाँचघर जमलमा खचाखच भरिएका दर्शकको हुटिङ पाएका मिस पिंकका सहभागीहरुबीच तिव्र प्रतिष्पर्धा थियो । देशको नेतृत्व गर्ने, घर परिवार र समाजमा रहेको विभेद दुरव्यवहार अन्त्य गर्ने, लुकेर बसेकालाई खुलेर आउने वातावरण तयार गर्ने देखि देशलाई आर्थिक रुपमा मजवुद बनाउने योजना मिस पिंकका सहभागीले प्रस्तुत गरेका थिए ।

Miss Pink 1विश्व स्वास्थ्य संगठनले सन् १९९० मे १७ तारिखमा समलिङ्गी तेश्रोलिङ्गी अवस्थालाई रोगको सूचीबाट हटाएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको छ । नीति निर्माता, सामाजिक अभियन्ता, सर्वसाधारण र सन्चारमाध्यमलाई यौनिक तथा लैंगिक अल्पसंख्यकले भोगेको हिंसा र विभेदप्रति ध्यानाकर्षित गर्ने उद्धेश्यले विश्वव्यापी उत्सवका रुपमा सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । अहिले विश्वका १ सय ३० भन्दा बढी देशमा दिवस मनाउने गरिएको छ । विश्वका ३७ देशमा समलिङ्गी व्यवहार अवैध मानिन्छ ।

मानवअधिकारमा सरकार प्रतिवद्ध : महान्यायधिबक्ता फुँयाल
Hari Phuyalदिवसका अबसरमा नील हिरा समाज र क्रुज एड्स नेपालले गरेको मिस पिंक प्रतियोगितात्मक कार्यक्रममा महान्यायधिबक्ता हरि फुँयालले सरकार मानवअधिकारमा प्रतिवद्ध रहेको बताए । जन्म सिद्ध पाउने अधिकारबाट कोही पनि नागरिक बञ्चित हुन नहुने फुँयालको भनाई छ । महान्यायधिबक्ता फुँयालले राज्य कुनै पनि नागरिक माथि हुने विभेद, दुरव्यवहार र हिंसा अन्त्य गर्न लागिरहेको बताए । संबिधानमा यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको अधिकार लेखिएको छ, अब कानुन बनाएर कार्यान्वयन गराउन सरकार प्रतिवद्ध छ फुँयालले भने, कतै विभेद, दुरव्यवहार र हिंसा भएमा मेरो कार्यालयमा आउनुहोस म सहयोग गर्छ ।

आफूले व्यक्तिगत रुपमा पनि समलिंगी तेस्रोलिंगीले अधिकार पाउनु पर्छ भनेर मूख्य भूमिका सहित वकालत गर्दै आएको फुँयालले बताए । सर्वोच्च अदालतमा पहिलो पटक समलिंगी तेस्रोलिंगीको अधिकारबारे परेको रिटमा महान्यायधिबक्ता फुँयालले बहस गरेका थिए । फुँयालले संबिधानमा लेखिएको समावेशी आयोग समलिंगी तेस्रोलिंगी लगायतका अल्पसंख्यक समूदायलाई समावेश गर्न व्यवस्था गरिएको भन्दै क्षमता सहित समावेशी आयोग लगायतका राज्यका निकायमा प्रतिनिधित्व खोज्न सुझाव समेत दिए ।

Miss Pink 3युएनएड्सका कन्ट्री डाइरेक्टर रुवेन डेल प्राडोले नेपालको संबिधान उत्कृष्ट भएको बताउँदै यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार लेखिनु महत्वपूर्ण उपलव्धी भएको बताए । प्राडोले नेपाल अधिकारमा शुन्य नरहेको भन्दै अधिकारमा खुल्ला हुनु अरु देशको लागि पनि उदाहरण भएको बताए । नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले संबिधानले आफ्नो समूदायको मुद्धाहरुलाई लिपिबद्ध ढंगले सम्बोधन गरिसकेको वताइन । तर विश्वका कैयौ मुलुकहरुमा समलिंगी र तेस्रोलिंगीहरुले आफ्नो जीवनको भिख माग्नु परिरहेको छ अध्यक्ष गुरुङले भनिन, आफ्ना खुशी, स्वाभिमान, आत्म सम्मान र स्वतन्त्रताको बली चढाइरहनु परेको छ । थुप्रै कुटपिट, हिंसा, विभेद र बहिष्कार सहेर हिनताबोधको जिन्दगी जिउन बाध्य हुनु परिरहेको छ ।
अध्यक्ष गुरुङले बंगलादेशमा भरखरै मात्रै दुई जना समलिंगी अधिकारकर्मी एवं पत्रकारको हत्या गरिएको प्रशंग निकाल्दै संसारकै ठूलो र विकसित देश भनेर चिनिने अमेरिकाको नर्थ क्यारोलिना र मिसिसिपि स्टेटमा तेस्रोलिंगीहरुलाई सार्वजनिक शौचालय जानबाट बञ्चित गरिनु दखद भएको वताइन । यस्तो विभेदपूर्ण, हिंस्रक, अमानविय, निर्दयी र कठोर गतिविधि र व्यवहारले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका व्यक्तिको मानसिक र शारीरिक स्वास्थ्यमा कस्तो असर पुर्याउला ? अध्यक्ष गुरुङले भनिन्, यस्तो गतिविधि र व्यवहारको हामी घोर भत्र्सना गर्दछौ र संसारबाट यस्तो व्यवहारको अन्त्य होस भन्न चाहन्छौ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.