ईशाईहरुले समलिंगीसँग माफी माग्नुपर्ने पोप फ्रान्सिसकाको बयान 

ईशाईहरुले समलिंगीसँग माफी माग्नुपर्ने पोप फ्रान्सिसकाको बयान 

काठमाडौं (पहिचान) असार १४ – क्रिश्चियन धर्मका धर्मगुरु पोप फ्रान्सिसले समलिंगीहरुमाथि भईरहेको व्यवहारप्रति ईशाई र रोमन क्याथोलिक चर्चले माफि माग्नुपर्ने बताएका छन् । अर्मेनियाबाट रोम फिर्ता भएका पोपले जुनप्रकारको व्यवहार चर्चले समलिंगीहरुमाथि गरेका थिए त्यसप्रति खेद जनाउंदै माफी माग्नुपर्ने बताए ।

जर्मन कार्डिनल रीनहार्ड माक्सको टिप्प्णीप्रति सहमती जनाउंदै पोपले यस्तो बताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । “कुनै व्यक्तिको नियत राम्रो छ र उ ईश्वरमा विश्वास राख्छ भने उसका विषयमा फैसला गर्ने हामी को हौं ? पोपले भनेका छन् ।

रोम शहरमा रहेको क्रिश्चियन धर्मका धर्मगुरु पोप बस्ने दरबार भेटिकनले समलिंगी समूदायप्रति मैत्रीपूर्ण व्यवहार अपनाउने उनको संकेत थियो । अमेरीकाको ओरलान्डोमा रहेको एउटा समलिंगी क्लबमा ४९ जनाको ज्यान जाने गरी भएको गोलीबारीको घटनाको २ हप्तापछि पोपको यो भनाई आएको हो । पोपले उक्त घटनाको निन्दा गरेका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.