निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘तेस्रोलिंगी इन्द्रेणीको एक रङ्ग हो’

‘तेस्रोलिंगी इन्द्रेणीको एक रङ्ग हो’

816
SHARES

काठमाडौं (पहिचान) असार १५ – गायक तथा संगीतकार भीषण मुकारुङले तेस्रोलिंगी इन्द्रेणीको सप्तरंगी रंग मध्येको एक रंग भएको बताएका छन् ।
‘इन्द्रेणीको सात वटा रङ्ग मध्ये एउटा रङ्ग झिक्ने हो भने त्यो इन्द्रेणी रहँदैन त्यसलाई अरु कुनै नाम दिनु पर्ने हुन्छ’, उनले भने, ‘त्यस्तै समाजबाट समलिंगी तेस्रोलिंगीलाई झिकीदिने हो भने समाज पनि पूर्ण हुँदैन, त्यसैले प्रकृतिले दिएको बरदानलाई सम्हालेर राख्नु पर्छ ।’
समलिंगी तेस्रोलिंगीलाई विभेद हुनु दुःखद भएको उनको भनाइ छ । समलिंगी तेस्रोलिंगी पनि महिला पुरुष सरह नै रहेको भन्दै गायक भीषणले फरक पहिचान भएकै कारण उनीहरुलाई विभेद हुन नहुने बताए ।
समलिंगी तेस्रोलिंगीका विषयमा गायक गायीकाले गीत नगाएको प्रति उनले पश्चातापको महसूस गरे । ‘तपाईको प्रश्नले मलाई गम्भीर बनायो । यसबारे हामीले आजसम्म सोचेका रहेनछौं’ गायक भीषणले भने, ‘अब म यसबारे सोच्छु । यो त सबैले सोच्ने विषय हो ।’
कलाकारहरु समाजका दर्पण तथा प्रतिबिम्ब भएकाले समाजका यर्थाथतालाई स्वीकार गरेर त्यसलाई आफ्नो सिर्जनामा समावेश गर्नु पर्ने उनको विचार छ ।
अझै पनि समलिंगी तेस्रोलिंगीबारे धेरैलाई जानकारी नभएका कारण पनि विभेदको श्रृखला नरोकिएको उनको भनाइ छ ।
पछिल्लो समय समलिंगी तेस्रोलिंगीले नागरिकता तथा राहदानी आफ्नो पहिचान अनुसार पाउन थाल्नु खुसीको विषय भएको भन्दै उनले अब बिस्तारै उनीहरुलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउने विश्वास व्यक्त गरे ।

समाचार शेयर गर्नुहोस्
816
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.