सिखण्डी हुन तयार रहेको सुन्दा आँसु रोक्न सकिन….

सिखण्डी हुन तयार रहेको सुन्दा आँसु रोक्न सकिन….

देबेन्द्र पाण्डे सागर/पहिचान – नयाँ शक्ति नेपाल पार्टी स्थापना राष्ट्रिय भेलामा अनेकौं भाषणहरु भए ज्ञान, विज्ञान, अर्थशास्त्र, दर्शनशास्त्र, राजनीति,कूटनीति, विगत वर्तमान, देश विदेश, आदिमा नवीनतम, विश्वास अविश्वास लगायत ति सबै भाषण र मन्तव्यहरु सराहनिय थिए । तर ती भाषणहरुमा आत्माको आवाज़ भन्न मिल्ने एक मात्र भाषण थियो, नील हिरा समाजका अध्यक्ष पिंकी गुरुङको ।

जस्ले म जस्ता अनेकौं भावुक अभियन्ताहरुलाई ऑंखबाट अविरल आँसु बगाउन बाध्य पार्यो । तेस्रोलिंगी प्रकृतीको अविश्वश्निय वर्दान जो समाजबाट चौतर्फि घृणित अपेक्षित र अपहेलित वर्ग हो । जुन वर्गको संख्या नेपालमा ७ लाख घोषित र त्यतिकै संख्यामा अघोषित छन । यो शक्तिले त्यो वर्ग प्रति देखाएको विश्वाशलाई व्याज सहित फिर्ता गर्ने बचन दिइरहँदा महाभारतको सिखण्डी जस्लाई अगाडी सारेर पॉंण्डवहरुको बिजय भयो ।

त्यसै अनुसार आफुहरु डाक्टर बाबुराम भट्टराई र नयॉं शक्तिका लागि सिखण्डी हुन तयार रहेको सुन्न पाउदां आत्म विभोर भई आँसु रोक्न सकिन । छेउमै बसेकी बैनीले दाईं किन रुनु भयो भनेर सोध्दा म रोएको थाह पॉंए । केही होईन भनेर पन्छें । तर म रोएकै रैछु । तेस्रोलिंगी अभिसाप वा आशिर्वाद समयले बताउला । तर समाजको ठुलो सत्य हामी बाटै अपहेलित भएको बुझ्न पॉंउदा आत्म ग्लानीको अनुभूति भयो।

(यो आशु अरु कसैको नभएर नया शक्ति पार्टी भैरहवाका जिल्ला संयोजक देबेन्द्र पाण्डे सागरको हो । यो भनाई संगै हाम्रो समाजमा समलिंगी तेस्रोलिंगीहरुलाई हासोको पात्र बनाउने व्यक्ति जति छन् उनीहरुको पीडामा रुने व्यक्ति पनि प्रशस्तै छन् । )

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.