‘तेस्रोलिंगीलाई एक प्रतिशत आरक्षण दिनुपर्छ’

‘तेस्रोलिंगीलाई एक प्रतिशत आरक्षण दिनुपर्छ’

653
SHARES

बिनोद बिसी/रुपन्देही (पहिचान) असार २० – नयाँ शक्ति नेपाल रुपन्देहीका संयोजक देबेन्द्र पाण्डे सागरले यौनिक तथा लैंगिक अल्पसंख्यकसँग मिलेर काम गर्ने बताएका छन् । उनले जिल्ला कार्य समितिमा समलिंगी तेस्रोलिंगीलाई समावेश गर्ने प्रतिबद्धता जनाए । काठमाडौंमा भएको पार्टी घोषणासभामा समलिंगी तेस्रोलिंगीको उल्लेख्य उपस्थिति रहेको भन्दै उनले जिल्लामा पनि खुलेर आउन समलिंगी तेस्रोलिंगीलाई आग्रह गरे ।
पहिचान खुलाएर आए आफू जिल्ला कार्यसमितिमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समावेश गर्न तयार रहेको संयोजक पाण्डेले बताए । अधिकार प्राप्तिका लागि समलिंगी तेस्रोलिंगीलाई राजनीतिक दलमा आवद्ध हुन सुझाव दिएका उनले प्राप्त अधिकार संस्थागत गर्न र कार्यान्वयन गर्न पनि कुनै न कुनै राजनीतिक दलमा आवद्ध हुनुपर्नेमा जोड दिए ।

महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरे झैं पार्टी र राज्यका हरेक निकायमा कम्तिमा एक प्रतिशत समलिंगी तेस्रोलिंगीलाई कोटा छुट्याउनु पर्ने संयोजक पाण्डेको धारणा छ । अहिलेसम्म पछि परेको यौनिक तथा लंैगिक अल्पसंख्यक समुदायको अधिकार प्राप्तीमा लागि पर्ने प्रतिबद्धता जनाएका उनले नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले काठमाडौंको भेलामा दिएको महाभारतको शिखण्डी झैं अडिग भएर लाग्ने प्रतिबद्धता जनाए ।
उनले प्रत्येक जिल्लामा जिल्ला कार्यसमितिमा कम्तिमा एक जनाका दरले समलिंगी तेस्रोलिंगीलाई मनोनित गर्नु पर्ने बताए । संयोजक पाण्डेले समलिंगी तेस्रोलिंगी पनि महिला पुरुष सरह समान्य मानव भएको भन्दै राज्यको नीति निर्माण तहमा पुग्नु पर्नेमा जोड दिए ।

समाचार शेयर गर्नुहोस्
653
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.