निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘ हैट, तेस्रोलिंगी पनि महिला पुरुष सरह नै हुन् त हो ’

‘ हैट, तेस्रोलिंगी पनि महिला पुरुष सरह नै हुन् त हो ’

786
SHARES

काठमाडौं (पहिचान) असार २१ – चलचित्रकर्मी बुद्धि तामाङले समलिंगी तेस्रोलिंगी पनि महिला पुरुष सरह समान भएको बताएका छन् । फरक पहिचान भएकै कारण विभेद गर्न नहुने उनको भनाइ छ ।
“मलाई समलिंगी समान लाग्छ, हामी सबै मान्छे समान हौं”, उनले भने, “बिस्तारै चेतनाको विकास हुँदै गएको छ, मलाई लाग्छ पहिलो जस्तो अहिले त्यती धेरै विभेद हुँदैन ।”Buddhi Tamang
सबै नागरिक समान हुन भन्दै उनी भन्छन्,“मलाई पनि पहिला पहिला अलि भिन्नै सोच हुन्थ्यो । पछि सँगै काम पनि गरियो, चेतनाको विकास र सँगै काम गरेपछि क्लियर भयो हामी सबै मानव हौं, सबै समान हौं ।
आफूले यस विषयमा एउटा नाटक पनि गरेको बताउदै चलचित्रकर्मी तामाङले भने,“अझै पनि फरक नजरले हेर्नुको कारण समाजको छाप हो । समाजले जे गर्यो त्यही अर्को पुस्ताले पनि सिक्यो तर यो विभेदको अन्त्य विस्तारै हुँदै गएको छ ।”
चलचित्रमा अझै पनि हाँसोको पात्रका रुपमा समलिंगी तेस्रोलिंगीलाई चित्रित गरिन्छ नि ? भन्ने प्रश्नमा तामाङ भन्छन्,“कथाले के भनेको छ त्यही अनुसार गर्ने हो । मिसन र भिजनका आधारमा हुने हो र अर्को कुरा त्यसलाई दर्शकले कसरी लिने भन्ने पनि महत्वपूर्ण कुरा हो । सकारात्मक या खिसिट्युरीको रुपमा गरिएको छ या प्रतिनिधित्व गरिरहेको छ त्यसमा भर पर्छ । कतिले त सकारात्मक रुपमा प्रतिनिधित्व गरिरहेका छन् ।”
तामाङले चलचित्रमा कसरी प्रस्तुत गर्ने भन्ने विषय निर्देशकले समलिंगी तेस्रोलिंगीलाई सकारात्मक या नकारात्मक कसरी बुझिरहेको छ त्यसमा पनि भरपर्ने बताए ।

समाचार शेयर गर्नुहोस्
786
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.