निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

७ सय समलिंगी तेस्रोलिंगी नयाँ शक्तिमा प्रवेश, दवाव दिएका छैनौ : अध्यक्ष गुरुङ

७ सय समलिंगी तेस्रोलिंगी नयाँ शक्तिमा प्रवेश, दवाव दिएका छैनौ : अध्यक्ष गुरुङ

636
SHARES

कास्की (पहिचान) असार २२ – ७ सय यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायले नयाँ शक्ति नेपाल पार्टीको सदस्यता लिएका छन् । नील हिरा समाजकी अध्यक्ष एवं नयाँ शक्ति नेपालकी सचिवालय सदस्य पिंकी गुरुङले ७ सय समलिंगी तेस्रोलिंगीले पार्टीको सदस्यता लिएको जानकारी दिएकी हुन् । नर्वेजियन दूतावासको सहयोगमा नील हिरा समाज, नौलो विहानी र परिवर्तन नेपालले पोखरामा गरेको अन्तक्रियामा अध्यक्ष गुरुङले समूदायको मुद्धा राजनीतिक रुपमा स्थापित गर्नका लागि नयाँ शक्तिमा लागेको वताइन ।

PKRसमूदायका सदस्य राजनीतिक रुपमा अवेर हुनुपर्छ उनले भनिन्, जुनसुकै मुद्धा पनि राजनीतिक रुपमा आएर अडकिन्छ त्यसैले हामी पनि पार्टीमा योगदान दिन्छौ र पार्टीले पनि समूदायका अधिकारको अभियानलाई थप शसक्त पार्छ भन्ने विश्वास छ । उनले राजनीतिक दलसँगको सहभागिता भएरनै संबिधानमा अधिकार लेखिएको वताइन । राजनीतिक रुपमा स्वतन्त्रता भएको वताउँदै अध्यक्ष गुरुङले नयाँ शक्तिमा प्रवेश गर्नका लागि कसैलाई दवाव नदिएको वताइन । डाक्टर बाबुराम भट्टराईले हाम्रो मुद्धा बुझनु भएको छ, उहा अर्थमन्त्री हुँदा पहिलो पटक समूदायका लागि बजेट विनियोजन भयो अध्यक्ष गुरुङले भनिन्, संबिधानमा अधिकार लेखिनुमा भट्टराईको सकारात्मक भूमिकाको हामीले सम्मान गरेका छौ ।

उनले समूदायका सदस्यलाई विचार मिल्ने जुनसुकै दलमा सहभागिता जनाउन सक्ने स्वतन्त्रता रहेको प्रष्ट पारिन । हामीले आफ्नो लागि मात्रै होइन देश र जनताको लागि पनि केही गर्न सक्छौ त्यसका लागि राजनीतिक दलमा आवद्ध हुनु पर्छ उनले भनिन् । उनले विभेद, दुरव्यवहार र हिंसा शुन्यमा ल्याउन नील हिरा समाजले वकालत गर्दै आएको वताइन । नागरिकता लिनकै लागि कतिपय जिल्ला प्रशासन कार्यालयहरुले झण्झट दिने गरेको उनको भनाई छ ।

नयाँ लिनका लागि सहजनै छ तर, पूरानो लिएकालाई अन्य उल्लेख भएको नागरिकता लिन असहज छ उनले भनिन्, जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई गृह मन्त्रालयले जारी गरेको निर्देशिका र परिपत्र दिएपछि मैले अन्य उल्लेख भएको नागरिकता लिएकी हुँ । उनले समूदायका सदस्य विस्तारै स्वरोजगार बन्दै गएको पनि जानकारी दिइन, अनुपम, सोफी, अञ्जली लगायतका समूदायका सदस्य मेक अप आर्टिस लगायतका विधा मार्फत उदाहरणिय व्यक्ति बनिसकेको जानकारी दिइन ।

समाचार शेयर गर्नुहोस्
636
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.