“यौनिकतालाई कसैले पनि लुकाउन नसक्ने”

“यौनिकतालाई कसैले पनि लुकाउन नसक्ने”

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) असार २६—मकवानपुरका यौनिक तथा लैंगिक अल्पसंख्यकले आफूहरुको मुद्धालाई सकारात्मक रुपमा लिन राजनीतिक दललाई आग्रह गरेका छन् । समलिंगी तेस्रोलिंगी समूदायको मुद्धालाई स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म सकारात्मक रुपमा लिनुपर्ने माग नील हिरा समाज हेटौडाका कार्यक्रम संयोजक सुरज थापाले गरे ।
दिवा परियोजनाको आर्थिक सहयोग र फ्रेण्ड्स हेटौडाको आयोजनामा यौनिक तथा लैंगिक अल्पसख्यक समुदायप्रति हुने विभेद, राजनीतिक क्षेत्रमा समलिंगी तेस्रोलिंगीहरुको पहुच र उनीहरुको विषयमा पार्टीगत धारणा लगायतका विषयमा राजनीतिक दलसँग अन्तरक्रिया भएको हो । कार्यक्रममा मानव अधिकारकर्मी सुमित पौडेलले मकवानपुर जिल्लाका विभिन्न क्षेत्रमा घटेका विभिन्न घटनाहरु उध्रित गर्दै यस्ता घटनाहरु यौनिक तथा लैंगिक अल्पसख्यक भएकै कारण घट्दै आएको जानकारी गराए ।
नेपालको संविधान २०७२ मा यौनिक तथा लैंगिक अल्पसख्यक समुदायका मुद्दाहरु समेटिनुमा राजनीतिक दलहरुको ठुलो भुमिका रहेको भन्दै अब कार्यान्वयनको लागि पनि सबै पार्टीहरुले उत्तिकै भुमिका खेल्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा तेस्रोलिंगी वर्षा मगरले यौनिकतालाई कसैले पनि लुकाउन नसक्ने भन्दै सबैले आफ्नो पहिचानसहित बाच्न पाउनुपर्ने बताइन् । जसको सवाल उसैको प्रतिनिधिन्व हुनु आवश्यक रहेको भन्दै कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले संविधानमा समावेश भैसकेकोले अब विस्तारै समाज परिवर्तन हुदै जाने बताए । त्यसका लागि गाउ गाउमा जनचेतना फैलाउनुपर्ने आवश्यक रहेकोले पार्टीले गर्नुपर्ने सहयोगमा कुनै कसुर नछाड्ने प्रतिबद्दता राजनीतिक दलका स्थानीय नेताहरुले जनाएका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.