तेस्रोलिंगी गुरुङलाई दलित र अल्पसंख्यक विभागको जिम्मेवारी “नयाँ शक्ति जनताकै लागि निर्माण भएको हो”

तेस्रोलिंगी गुरुङलाई दलित र अल्पसंख्यक विभागको जिम्मेवारी “नयाँ शक्ति जनताकै लागि निर्माण भएको हो”

काठमाडौं (पहिचान) साउन ७ – नयाँ शक्ति नेपालले तेस्रोलिंगी पिंकी गुरुङलाई दलित र अल्पसंख्यक विभागको प्रमूख बनाएको छ । केन्द्रिय परिषद् सदस्य एवं सचिवालय सदस्य समेत रहेकी नील हिरा समाजकी अध्यक्ष तेस्रोलिंगी गुरुङ डाक्टर बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्ति नेपालले दलित र अल्पसंख्यक विभागको प्रमूख बनाएको हो ।

विभागको प्रमूख भएपछि पहिचान अनलाइनसँग कुरा गर्दै गुरुङले नयाँ शक्तिको यो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने वताइन । “समूदायको रुपमा पहिला पनि हामी राजनीतिक रुपमा संलग्न थियौ नै, तर कुनै पनि पार्टीले हामीलाई प्राथमिकता दिएनन” गुरुङले भनिन्, “नयाँ शक्ति नेपाललाई हामीले गरेको योगदानको कदर भएको छ ।”

आफ्नो राजनीतिक जीवन नयाँ शक्तिबाटै सुरु भएको वताउँदै नयाँ शक्तिमा समर्पित रहेको उल्लेख गरिन् । “सुनिलबाबु पन्त राजनीतिक पार्टीमा संलग्न नभएको भए अहिलेको संबिधानमा हाम्रो अधिकारको कुरा लेखिने थिएन उनले भनिन्, संबिधानमा त लेखियो तर त्यसको आधारमा कानुन कस्तो बन्ने ? त्यसको कार्यान्वयन कस्तो हुने ? र त्यसको आधारमा कस्तो समाज निर्माण गर्ने भन्ने कुरामा समूदायसँगै राजनीतिक रुपमा दवाव दिनुपर्छ । यसका लागि नयाँ शक्ति नेपालले सहयोग गर्छ भन्ने बिश्वास छ ।”

गुरुङले डाक्टर बाबुराम भट्टराईको क्षमता र बौद्धिकताबाट सुरुदेखिनै आकर्षित भएको वताइन । बाबुराम भट्टराई सरकारमा यौनिक तथा लैंगिक समूदायलाई भनेर बजेट विनियोजन गरेको उनले जानकारी दिइन । उनले अहिलेसम्म समूदायको लागि मात्रै मुद्धा उठान गरेको भन्दै अब देश र जनताका लागि केही गरेर देखाउने इच्छा रहेको बताइन । अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीहरु देश र जनता मुखी नभएको बताउँदै गुरुङले नयाँ शक्तिलाई साच्चिकै देश र जनतामुखी राजनीतिक पार्टी बनाउन लागि पर्ने वताइन ।

अहिले नयाँ शक्ति सरकारमा पनि छैन, सदनमा पनि छैन, निस्वार्थ रुपमा यसले जनताका लागि काम गरिरहेको छ दलित र अल्पसंख्यक विभागकी प्रमूख गुरुङले भनिन, “यो जनताकै लागि निर्माण भएको नयाँ शक्ति हो । अन्य राजनीतिक पार्टी भित्र जस्तो खालको संरचना छ त्यो भन्दा नयाँ शक्तिमा फरक नै छ । त्यो संरचनाले गति लिएर काम गर्न सक्छ भन्ने मलाई बिश्वास छ ।”

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.