निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘नेविसंघमा यौनिक अल्पसंख्यकलाई समेट्न सकिन्छ’

‘नेविसंघमा यौनिक अल्पसंख्यकलाई समेट्न सकिन्छ’

759
SHARES

काठमाडौं (पहिचान) साउन १८ – नेपाल विद्यार्थी संघ नेविसंघकी नेतृ उर्मिला थपलियाले नेविसंघको नयाँ कार्यसमितिमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय पनि समेटिन सक्ने बताएकी छन् । यद्यपि यसका लागि समलिंगी तेस्रोलिंगी पनि स्वयम सचेत र सक्रिय हुनु पर्ने उनको भनाइ छ ।
“समलिंगी तेस्रोलिंगी पनि नेविसंघको केन्द्रिय समितिमा समेटिन सक्छन्, तर यसका लागि उनीहरु स्वम पनि सक्रिय हुनु पर्छ,” थपलियाले भनिन्,“ क्याम्पसबाट प्रतिनिधि भने हुनुपर्छ ।” थपलिया नेविसंघको आसन्न महाधिवेशनमा महामन्त्री पदमा उमेदवारी घोषणा गरेर चुनावी मैदानमा छिन् ।
समलिंगी तेस्रोलिंगीसँग आफू नजिक रहेको भन्दै उनले भनिन्, “म हरेक कार्यक्रममा समलिंगी तेस्रोलिंगीलाई बोलाउँछु, तर मेरा साथीहरुले यो समुदायलाई किन बोलाउनु हुन्छ नबोलाउनु्स् भन्नु हुन्छ,” उनले अगाडि भनिन्,“उहाँहरु पनि हामी जस्तै मान्छे हो किन उहाँहरुलाई फरक नजरले हेर्नुहुन्छ भनेर सोध्छु । अझै पनि धेरैले समलिंगी तेस्रोलिंगीलाई बुझ्नु भएको छैन । उहाँहरुलाई पनि बुझाउनु पर्छ । यो तपाईंहरुको दायित्व पनि हो ।”
समलिंगी तेस्रोलिंगीलाई फरक नजरले हेर्नु दुर्भाग्य भएको भन्दै उनले सबैलाई समान नजरले हेर्नु पर्नेमा जोड दिइन् । फरक पहिचानकै कारण समलिंगी तेस्रोलिंगीलाई विभेद गर्न नहुने भन्दै उनले भनिन्,“संविधानले समेत समलिंगीको अधिकार सुरक्षित गरेको अवस्थामा अब यौनिक तथा लैंगिक समुदायलाई कसैले पनि विभेद गर्न हुँदैन ।”
संविधान अनुसार नेविसंघले पनि विधान बनाएर समलिंगी तेस्रोलिंगीलाई पनि आफ्नो संगठनमा समावेश गर्नु पर्ने भन्दै उनले भनिन्, “नेविसंघको बैठकमा यो विषय पनि मेरो एजेण्डा हुन्छ ।”
नेतृ थपलियाले क्याम्पसबाट प्रतिनिधि भएर नेवसिंघको महाधिवेशनमा आउन समलिंगी तेस्रोलिंगीलाई सुझाव दिइन् । पहिचान खुलाएर नआएसम्म अधिकारका लागि दबाब दिन नसक्ने उनको भनाइ छ । संगठित भएर दबाब नदिएसम्म राज्य कसैको अधिकार नसुन्ने भन्दै नेतृ थपलियाले आफ्नो पहिचान खुलाएर ठूलो समुदायमा संगठीत भएर आउन आग्रह गरिन् ।

समाचार शेयर गर्नुहोस्
759
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.