लालबाबु राउत भन्छन् ‘मधेसीले उठाएका विषयसँगै तेस्रोलिंगीका विषयमा पनि संविधान संसोधन गर्न सकिन्छ’

लालबाबु राउत भन्छन् ‘मधेसीले उठाएका विषयसँगै तेस्रोलिंगीका विषयमा पनि संविधान संसोधन गर्न सकिन्छ’

653
SHARES

काठमाडौं (पहिचान) साउन २१ – संघीय समाजवादी फोरम संसदीय दलका उपनेता लालबाबु राउतले मधेसी मोर्चाका माग संबोधन गर्न संविधान संसोधन गर्दा यौनिक तथा लैंगिक अल्पसंख्यकका मुद्दा पनि संबोधन गर्न सकिने बताएका छन् । सुरुमा संविधान जारी गर्दा सबै समुदायलाई विभेद गरिएको भन्दै राउतले अब सबै समुदायको सम्मान हुनेगरी संविधान संशोधन गरेर सबैको ओनरसिप भएको संविधान बनाउनुपर्ने बताए ।
‘कांग्रेस–माओवादी गठबन्धनले केही आश्वासन दिएकै कारण हामीले तीन बुँदे सहमति गरेर नयाँ प्रधानमन्त्रीलाई भोट हालेका हौं’ राउतले भने, ‘अब उहाँलाई हाम्रो समर्थन कायम राखिरहने हो भने संविधान संशोधन र मधेस आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा तथा घाइतेहरुलाई उपचार तथा क्षतिपूर्ति दिन जरुरी छ ।’ उनले संविधान संशोधन गर्दा मधेशका माग मात्र नभएर अधिकारबाट बञ्चित भएका सबै समुदायका माग संवोधन गर्नुपर्ने बताए ।
‘मधेसी मोर्चाले उठाएका मागहरुसँगै अन्य समुदायका पनि छुटाइएका अधिकार संवोधन हुनुपछर्,’ उनले भने, ‘यौनिक अल्पसंख्यकहरुको अधिकारसँग जोडिएको यौनिक अभिमुखीकरणका आधारमा विभेद गरिने छैन भन्ने विषय पनि अवको संशोधनमा समेट्न सकिन्छ ।’ उनले त्यस बाहेक अन्य विषय भए संविधान संशोधनमा समेट्न पहलका लागि आह्वान समेत गरे । राउतले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको अवाज रेडियो कार्यक्रम ‘पहिचान’सँगको कुराकानीमा यस्तो बताएका हु्न् ।

समाचार शेयर गर्नुहोस्
653
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.