नेविसंघले तेस्रोलिंगीलाई समेट्छ ? “तेस्रोलिंगीले पनि उम्मेद्वारीका लागि तयारी गरुन”

नेविसंघले तेस्रोलिंगीलाई समेट्छ ? “तेस्रोलिंगीले पनि उम्मेद्वारीका लागि तयारी गरुन”

820
SHARES

काठमाडौं (पहिचान) साउन २२ – नेपाल विद्यार्थी संघले आसन्न महाधिवेशनमा संविधान अनुसार नै आफ्नो संगठनलाई समावेसी बनाउने घोषण गरेको छ । त्यस अनुरुप २०७२ असोजमा जारी संविधानले पहिलोपटक संबोधन गरेको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पनि प्रतिनिधित्व सुनिश्चित गर्ने कुुरा नेविसंघ अध्यक्ष रञ्जीत कर्णसहित प्रवक्त युपी लामीछाने र अन्य नेताहरुले पनि बताइरहेका छन् ।

तर अहिलेसम्म नेपाल विद्यार्थी संघमा यौनिक अल्पसंख्यक समुदाय (समलिंगी, तेस्रोलिंगी, द्वीलिंगी र अन्तरलिंगी) का तर्फबाट महाधिवेशन प्रतिनिधि चयन भएको आधिकारिक जानकारी गराइएको छैन ।
नेविसंघ अध्यक्ष सहितका नेताहरुले प्रतिनिधित्व सुनिश्चित हुने बताइरहेका र विधानले त्यो व्यवस्था गरेपनि महाधिवेशन प्रतिनिधिको चयन अहिलेसम्म हुन नसक्दा घोषणा र विधानको कार्यन्वयन कहिले हुन्छ भनेर अन्योल पैदा भएको छ ।
यही जिज्ञासा राखेर यौनिक अल्पसंख्यक विद्यार्थीहरु नेविसंघ नेतृत्वसँग भेटघाट गरिरहेका छन् । तर अहिलेसम्म उनीहरु ढुक्क हुनेगरी जवाफ पाउन सकेका छैनन् । कसरी हुन्छ त उनीहरुको प्रतिनिधित्व ?
उनीहरुलाई नेपाल विद्यार्थी संघमा समावेस गर्ने नै हो भने एक पटकका लागि केन्द्रीय प्रतिनिधि देखि केन्द्रीय समितिको प्रतिनिधित्व सम्म तोकेर अघि जानुपर्छ । हैन भने नेविसंघलाई संविधान अनुरुपको समावेसी संगठन भन्न मिल्दैन । नेविसंघका केन्द्रीय तहको नेता बन्ने दौडमा रहेका जितजंग बस्नेत, मनोजमणि आचार्य, नैनसिंह महर, क्षितिज भण्डारी, दिपक घट्टराई, उर्मीला थपलिया, रमेश राउत, दिनेश भूर्तेत सहितका नेताहरु भने नेविसंघलाई समावेसी बनाउनुपर्ने भन्दै आवाज उठाइरहेका छन् । उनीहरुले नेविसंघको बन्द सत्रमा त्यो आवाज उठाउछन् उठाउदैनन् त्यसैले नेविसंघको समावेसी भविस्य निर्धारण गर्नेछ ।

समाचार शेयर गर्नुहोस्
820
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.