निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘संविधान कार्यान्वयन गर्दा लैंगिक अल्पसंख्यकले विवाहसहित सबै अधिकार पाउँछन्’

‘संविधान कार्यान्वयन गर्दा लैंगिक अल्पसंख्यकले विवाहसहित सबै अधिकार पाउँछन्’

829
SHARES

काठमाडौं (पहिचान) साउन २९ – नेकपा एमालेका सांसद अफिलाल ओखेडाले संविधानको सहज कार्यान्वय गर्दा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको विवाहसहितका सबै अधिकार सुनिश्चित हुने बताएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाको अवाज रेडियो कार्यक्रम ‘पहिचान’सँगको कुराकानीमा ओखेडाले यौनिक अल्पसंख्यक समुदाय अधिकार विहिन भएर सधै नरहने बताए ।
‘हामीले जारी गरेका विगतका संविधानहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई संबोधन गर्न छुटाएकै हुन्’ सांसद् ओखेडाले भने, ‘यो समुदाय साच्चिकै अधिकारविहिन समुदाय भएकाले उनीहरुका अधिकार सुनिश्चित गर्नुपर्ने आवस्यकता छ ।
उनले अधिकार विहिनहरुको आवाज पनि जसको ठुलो भयो त्यसको मात्र सुनिने समस्या रहेको भन्दै सबैका अधिकार सुनिने व्यवस्था गर्नुपर्ने बताए । ‘नेपालमा अधिकार पनि ‘जसले धायो त्यसले पायो’ ‘जसले धाएन उसले पाएन’ भन्ने अवस्था स्थापित छ’ उनले भने, ‘यस्तो गलत अवस्थाको अन्त्य गरेर देशका नागरिकको अवस्था आफै थाहा पाउने संयन्त्र स्थापित गर्न आवस्यक छ ।’ उनले त्यस्तो राज्य संयन्त्र निर्माण आफ्नो अभिष्ट भएको बताए ।
‘विवाहका समस्या वा सम्पत्तिको स्वामित्वका समस्या जे भए पनि संविधान पछि बन्ने कानुनले संबोधन गर्नुपर्छ’ उनले भने, ‘अब नेपालमा कुनै पनि समुदायले अधिकार विहिन भएर बस्नु आवस्यक छैन ।’ उनले सबैलाई संबोधन गरेर संविधान कानुन र देशलाई सबैको स्वामित्वमा ल्याउनुपर्ने बताए ।
उनले नेपालमा विगतमा भन्दा धेरै विकास र सेवा सुविधा थपिए पनि मानिसको मानसिकतामा परिवर्तन आउन नसकेको बताए । ‘यहाँ धेरै झोपडी बदलिएका छन् तर अहिले पनि खोपडी बदलिएका छैनन्’ उनले भने, ‘जवसम्म मानिसका खोपडी (मानसिकता) बदलिदैन समाजिक विकृतिहरुको अन्त्य पनि हुन सक्दैन ।’ उनले परिवर्तनका लागि सबैले पहिला सोचमा परिवर्तन ल्याउनुपर्ने बताए ।

समाचार शेयर गर्नुहोस्
829
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.