निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“विधायन समितिले तेस्रोलिंगीको अधिकार नलेखे संसद्को फूल हाउसले सच्याउछ”

“विधायन समितिले तेस्रोलिंगीको अधिकार नलेखे संसद्को फूल हाउसले सच्याउछ”

536
SHARES

काठमाडौं (पहिचान) भदौ ९ – सांसद मुक्ता कुमारी यादवले समलिंगी तेस्रोलिंगीका अधिकार आवस्यक भएर नै संविधानमा लेखिएको भन्दै त्यसलाई अव कानुनले संबोधन गर्ने बताएकी छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकको आवाज रेडियो कार्यक्रम ‘पहिचान’सँग कुरा गर्दै सांसद यादवले संविधानले संबोधन गरेका विषय कानुनले अस्वीकार गर्न नसक्ने बताइन् ।
नेपाली का्रग्रेसको तर्फबाट प्रतिनिधित्व गर्ने जनकपुरकी सांसद यादवले संविधान जारी भएपछि धेरै पुरानो मुलुकी ऐनलाई नैं प्रतिस्थापन गर्नेगरी कानुन बनिरहेको भन्दै त्यसले संविधानले दिएका अधिकार संबोधन गर्ने विश्वास व्यक्त गरिन् । ‘संविधानले संबोधन गरेका अधिकार देवानी र फौजदारी संहितासम्बन्धि विधेयकहरुमा संबोधन भएर आउने छन्’ सांसद् यादवले भनिन्, ‘यदी विधायन समितिमा त्यसरी उनीहरुका अधिकार संबोधन भएनन् भनेपनि त्यहाँबाट प्रतिवेदन आए पछि संसदको फूल हाउसले त्यसलाई संशोधन गर्नेछ ।’ उनले संसद भनेकै जनताको काम गर्ने थलोभएको भन्दै जनताका हितमा कानुन बनाउन संसदले बाँकी नराख्ने बताइन् ।
उनले नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा दुइजना महाधिवेशन प्रतिनिधि चयन भइसकेको भन्दै नेपाली कांग्रेस समलिंगी तेस्रोलिंगी सहित सबैका अधिकार समान रुपमा स्थापित गर्ने अभियानमा रहेको बताइन् । नेपाल विद्यार्थी संघको गत साउन २३ मा उद्घाटन भएर भदौं २ गते समापन भएको ११ औं महाधिवेशनमा तेस्रोलिंगी भक्ति शाह र साहस बटाला महाधिवेशन प्रतिनिधि चयन भएका थिए ।

समाचार शेयर गर्नुहोस्
536
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.