इन्टर्नशीप सकेका विद्यार्थी भन्छन्, ‘अब तेस्रोलिंगीलाई कसैले हेला गर्यो भने हामी बोल्छौं’

इन्टर्नशीप सकेका विद्यार्थी भन्छन्, ‘अब तेस्रोलिंगीलाई कसैले हेला गर्यो भने हामी बोल्छौं’

साहस बटाला/काठमाडौं (पहिचान) भदौ १० – नेपाल मेघा कलजेमा सोसल वर्क विषयमा विए तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी उर्जिला श्रेष्ठ र सुकन्या सापकोटाले यौनिक तथा लौंगिक अल्पसंख्यकको अधिकारका लागि वकालत गर्ने संस्था नील हिरा समाजबाट भर्खरै इन्टर्नशीप सकाए । कलेजमा पढेर इन्टर्न जाँने समयमा बीडीएसमा पर्दा डराएर अन्त जाँन मिल्दैन भन्दै प्राध्यापकसँग पुगेको उनीहरुको समाजमा गएर इन्टर्नशीप गरेपछि पुरानो सोचमा परिवर्तन आएको छ ।
विद्यार्थी सुकन्या सापकोटाले पहिला बोटोमा देखे पनि सुरुमा बोल्न समेत डर लाग्ने गरेको सुनाईन् । ‘हामी एकपटक स्कुल जाँदा आफू आफू बीच कुरा गरेर हाँसी रहेका थियौ, त्यहाँ तेस्रोलिंगी महिला हुनुहुँदो रहेछ’ सुकन्याले भनिन्, ‘उहाँलाई हेरेर हाँसे जस्तो लागेछ हामीलाई नमज्जाले गाली गर्नुभयो, त्यसपछि त झन डर लाग्ने गरेको थियो ।’ उनले विएसडब्लु पढेर इन्टर्नशीप गर्न नै त्यही समुदायका विषयमा काम गर्ने संस्थामा जाने भने पछि आफूलाई झन डर लागेको अनुभव सुनाइन् । Sukanya
‘जव इन्टर्न गर्न जाने समय आयो मेरो विडिएसमा पर्यो, मलाई एकदमै डर लागे जस्तो भयो हिच्किचाहट भयो’ उनले भनिन्, ‘अनी मैले एकदमै नर्भस भएर अन्त जाँन मिल्दैन सर भनेर समेत सोधेकी थिए ।’ त्यस्तो सोच राखेर आए पनि इन्टर्नशीप गर्न थाले पछि पुरानो सोचमा परिवर्चन भएको उनले बताइन् । ‘यहाँ आएपछि थाहा भयो, उहाँहरु त हामी जस्तै हुनुहुँदो रहेछ, उहाँहरुको आफ्नो पहिचान हाम्रो आफ्नो पहिचान फरक त यति मात्र पो रहेछ’ सुकन्याले भनिन् ।
उनीसँगै इन्टर्नशीपमा आएकी विद्यार्थी उजिर्ला महर्जनले भने आफूमा तेस्रोलिंगीप्रति नकारात्मक धारण कहिल्यै पनि नआएको बताइन् । ‘नील हिरा समाजमा आउदा पनि मलाई कुनै अप्ठेरो भएन, म नील हिरा समाज आएर धेरै कुरा सिक्ने मौका पाए’ उर्जिलाले भनिन्, ‘मलाई समलिंगी तेस्रोलिंगी बारे धेरै कुरा थाहा थिएन, जब म नील हिरा समाज आए समलिंगी तेस्रोलिंगीको व्यवहार मात्र हैन उनीहरुलाई समाजले कुन नजरले हेर्ने र कस्तो व्यहार गर्ने गर्दाे रहेछ भनेर समेत बुँझे् ।’ उनले अब समुदाय वा परिवारबाट यस्ता व्यक्तिमा हुने विभेद अन्त्य गर्न पनि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताइन् ।
‘म आफ्नै परिवारमा यस्ता व्यक्ति भेटिएको खण्डमा पनि उसलाई सपोर्ट गर्छु, घर परिवारलाई बुझाउने कोशिस गर्छु’ उनले भनिन्, ‘समलिंगी तेस्रोलिंगीहरु भेटीएको अबस्थामा पनि काउनसिलिङका लागि नील हिरा समाजमा लिएर आउछु ।’ उनले समलिंगी तेस्रोलिंगीलाई समाजमा अरु सरह अधिकार प्राप्त गर्नलाई तेस्रोलिंगीले मात्र नभए समाजका सबै नागरिकले सहयोग गर्नु पर्ने बताइन् ।
‘उहाहरुले पनि आफ्नो आवाज उठाउनु पर्छ अनि मात्र केही अधिकार प्राप्त हुन्छ’उर्जिलाले भनिन्, ‘समलिंगी तेस्रोलिंगी पनि यही समाजका नागरिक हुन् उनीहरुलाई पनि समाजमा अधिकार आवस्यक भएर नै संविधानमा लेखिएको हो ।’ उनले संविधानले संबोधन गरेका अधिकार कानुनले कार्यान्वयन गर्ने भन्दै समलिंगी तेस्रोेलिंगीले मात्र पहल गरेर समाजको विभेद अन्त्य नहुने बताइन् । ‘समलिंगी तेस्रोलिंगी पनि लुकेर होइन खुलेर आउनु पर्छ, यो प्राकृतिक कुरा भएकाले उहाँहरुले पनि लुक्न खोज्नु हुँदैन’ उनले भनिन् ।
सुकन्याले पनि लुकेर बस्नु र दुइवटा पहिचान कायम राख्नुले समाजमा थप शंसय पैदा गरिरहेको भन्दै त्यसलाई त्यागेर एउटै पहिचान स्थापित गर्नुपर्ने बताइन् । ‘मान्छेहरुले परिवारको डरले खुलेर नआउने, निश्चित समयसम्म एउटा र घर बाहिर जाँदा अर्कै पहिचान लिएर हिड्नाले थप ‘कन्फ्युजन’ पैदागरेको छ’ उनले भनिन्, ‘त्यसो नगरी स्पस्ट पहिचान बनाउन आवस्यक छ ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.