तिजको अवसरमा नाँचगान गर्दै समलिंगी तेस्रोलिंगी

तिजको अवसरमा नाँचगान गर्दै समलिंगी तेस्रोलिंगी

काठमाडौं (पहिचान) भदौ १२ – समलिंगी तेस्रोलिंगीले तिज पर्वको अवसरमा नाँचगान गरेका छन् । नयाँ शक्ति नेपालले काठमाडौंमा आयोजना गरेको तिज बिशेष कार्यक्रममा सहभागी समलिंगी तेस्रोलिंगीले नाँचगान गरेर तिज पर्व मनाएका हुन ।
Manishaनयाँ शक्ति नेपालको निम्तोमा तिज मनाएका समलिंगी तेस्रोलिंगीले अरु राजनीति दलले आयोजना गर्ने यस्ता कार्यक्रममा निम्ता दिए जाने वताए । नेपाली महिलाको बिशेष पर्व तिजमा समलिंगी तेस्रोलिंगी महिलाले रातो सारी, रातो चोली लगाएर छमछम्ती नाँचे । Teej
तिज बिशेष कार्यक्रममा बोलाएकोमा नयाँ शक्ति नेपाललाई नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले धन्यवाद दिइन । उनले समूदायका सदस्यको उपस्थिति उल्लेख्य रहेको वताउँदै संगठित आवाजकै कारण आफूहरुको मुद्धा यो अबस्थासम्म आइपुगेको वताइन । अध्यक्ष गुरुङ नयाँ शक्ति नेपालको दलित र अल्पसंख्यक विभागको संयोजक समेत हुन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.