एमाले दाङ अधिवेशनमा ६५ जना तेस्रोलिंगी प्रतिनिधि

एमाले दाङ अधिवेशनमा ६५ जना तेस्रोलिंगी प्रतिनिधि

779
SHARES

दाङ (पहिचान) भदौ १९ – नेकपा एमाले दाङ जिल्ला अधिवेशनको अधिवेशन प्रतिनिधिमा समलिंगी तेस्रोलिंगी पनि छनोट भएका छन् । यही भदौं २५, २६ र २७ मा हुने जिल्ला अधिवेशनका लागि समलिंगी तेस्रोलिंगी पनि प्रतिनिधि चयन भएका हुन् ।
महाधिवेशन प्रतिनिधिका रुपमा ६५ जना समलिंगी तेस्रोलिंगी पनि छन्, एमाले दाङ जिल्ला कमिटी सदस्य समेत रहेकी तेस्रोलिंगी सिल्पा चौधरीले भनिन्, एमालेले यति ठूलो संख्यामा समलिंगी तेस्रोलिंगीलाई अधिवेशन प्रतिनिधि बनाएको यो पहिलो पटक हो ।
सिल्पा लगायतका ६५ जना महाधिवेशन प्रतिनिधि भएका हुन् । अझैसम्म समाजले खुला रुपमा स्वीकार्न नसकेका समलिंगी तेस्रोलिंगी आफ्नो अधिकार प्राप्तिका लागि विभिन्न राजनीतिक दलमा सक्रिय छन् ।
समलिंगी तेस्रोलिंगीहरु आफ्नो अधिकारको मुद्दालाई राजनीतिक दलहरुको एजेन्डा बनाउनका लागि विभिन्न राजनीतिक दलमा सक्रिय छन् । नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङलाई नयाँ शक्ति नेपालले दलित र अल्पसंख्यक विभागको संयोजक बनाइसकेको छ ।

समाचार शेयर गर्नुहोस्
779
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.