भूमिका श्रेष्ठ तरुण दलको महाधिबेशन प्रतिनिधि

भूमिका श्रेष्ठ तरुण दलको महाधिबेशन प्रतिनिधि

काठमाडौं (पहिचान) भदौ २२ – नेपाल तरुण दलले पहिलो पटक तेस्रोलिंगीलाई प्रतिनिधि बनाएको छ । तरुण दल काठमाडौं जिल्लाले तेस्रोलिंगी मानवअधिकारकर्मी भूमिका श्रेष्ठलाई प्रतिनिधि बनाएको हो । नेपाली काँग्रेसको भातृ संस्था तरुण दलको चौथो महाधिबेशनका लागि प्रतिनिधि भएकी श्रेष्ठ यसअघि नेपाली काँग्रेसको १२ औ महाधिबेशनमा महाधिबेशन प्रतिनिधि भएकी थिइन ।

तरुण दलले पहिलो पटक तेस्रोलिंगीलाई प्रतिनिधि बनाएकोमा धेरै खुशी लागेको श्रेष्ठले वताइन । नेपाली काँग्रेसमा १२ औ महाधिबेशन पछि एक जनाको पनि प्रतिनिधित्व छैन श्रेष्ठले भनिन्, तरुण दलले प्रतिनिधि बनाएको छ म खुशी छु । उनले तरुण दल मार्फत यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको आवाज उठाउने वताइन । तरुण दल मार्फत समूदायको अधिकार प्राप्तिको आवाज उठाउँछु उनले भनिन्, समूदायका सदस्य राजनीतिक रुपमा सचेत हुन आवश्यक छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यक विभिन्न राजनीतिक दलमा आवद्ध छन् । नील हिरा समाजकी अध्यक्ष पिंक गुरुङलाई नयाँ शक्ति नेपालले दलित र अल्पसंख्यक विभागको संयोजक बनाएको छ भने तेस्रोलिंगी शिल्पा चौधरीलाई नेकपा एमालेले सदस्य बनाएको छ । तेस्रोलिंगी भक्ति शाह र साहस बटालालाई नेपाल बिद्यार्थी संघले ११ औ महाधिबेशनमा प्रतिनिधि बनाएको थियो ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.