निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तरुण दल अध्यक्षका आकांक्षी भन्छन्, ‘तरुण दलमा अब तेस्रोलिंगी पनि केन्द्रीय सदस्य हुन्छन्’

तरुण दल अध्यक्षका आकांक्षी भन्छन्, ‘तरुण दलमा अब तेस्रोलिंगी पनि केन्द्रीय सदस्य हुन्छन्’

874
SHARES

काठमाडौं (पहिचान) असोज १ – नेपाल तरुण दल अध्यक्षका आकांक्षीहरुले नेपाल तरुण दलको आगामी महाधिवेशनपछिको केन्द्रीय समितिमा यौंनिक तथा लैंगिक अल्पसंखयक पनि रहने बताएका छन्। तरुण दलको वर्तमान केन्द्रीय समितिमा समेत रहेका लक्ष्मी खतिवडा र जन्मजय तिमिल्सिनाले तरुण दल अब विभेद उन्मुलनको नेतृत्वकर्ता बन्ने उद्घोष गरे।
‘यौनिक अल्पसंख्यक मात्र हैन हरेक पछाडि परेका समुदायको हितका लागि तरुण दल लड्छ’ अध्यक्षकी आकांक्षी लक्ष्मी खतिवडाले भनिन्, ‘आवाजविहिनहरुको आवाज र अधिकार विहिनहरुका लागि अभियन्ता भएर अब तरुणदलले समानताको आन्दोलन गर्छ।’ उनले अशिक्षीत मात्र नभएर शिक्षित व्यक्तिहरुलाई पनि विभेद विरुद्ध उभ्याउन विशेष अभियान आवस्यक भएको भन्दै त्यो अभियान अव नेपाल तरुण दलले संचालन गर्ने बताइन्।
आजको समाज खुल्ला समाज भएको भन्दै खुल्ला समाजमा विभेदका लागि कुनै ठाउँ नभएको उनले बताइन्। ‘आजको समाजमा पनि युवा जनशक्तिले कुण्ठा पालेर बस्यो भने समाजको विकास नै संभव छैन’ खतिवडाले भनिन् , ‘समाजको विकासलाई सहज बनाउन र युवाहरुलाई राष्ट्र निर्माणमा लगाउन उनीहरुले ठिक लागेको कुरा र समाजलाई असर नपर्ने कुरा राज्य र समाजले मान्यता दिदै जानु पर्छ।’ उनले विवाहलाई पनि स्वतन्त्र छनौटको विषय बनाउन पर्ने बताइन्। ‘हामी विवाहका लागि तयार छौं भन्छन् भने समान वा असमान भनेर अरुले विभेद गर्न हुँदैन’ उनले भनिन्।
नेपाल तरुण दलकै अध्यक्षका अर्का आकांक्षी जन्मजय तिमिल्सिनाले नेपाल तरुण दलको विधानले नै तेस्रोलिंगिलाई प्रतिनिधित्व सुनिश्चत गरेको बताए। अहिले अपांग मुस्लिम र यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई एक क्लस्टरमा राखेर स्थानीय तह देखि केन्द्रीय समितिसम्म प्रतिनिधित्व सुनिश्चित गरेको उनले बताए।
‘तरुणदलको विधान मस्यौदा समितिले समलिंगी तेस्रोलिंगीलाई एकल प्रतिनिधित्वका आधारमा केन्द्रीय समितिसम्म पुग्नेगरी आरक्षणको व्यवस्था गरको थियो तर त्यसलाई पार्टीले मुस्लिम अल्पसंख्यक, अपांगकै संयुक्त क्लस्टरमा राखिदिएको छ’ उनले भने ‘तरुण दल सबैको अनुहार देखिने र सबै नेपालीले आफ्नो भन्ने संगठन बनाउन हामी प्रतिबद्ध छौ।’ उनले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले अब चिन्तित हुने भन्दा पनि वृति विकासमा लाग्नुपर्ने बताए।
पार्टी सभापति शेर बहादुर देउवा पक्षको दावी गर्दै तिमिल्सिनाले र बरिष्ट नेता रामचन्द्र पौडेल पक्षको दावी गर्दै खतिवडाले उम्मेद्वारी सार्वजनिक गरेका छन्। नेपाल विद्यार्थी संघमा महाधिवेशन आयोजक समितिले चुनाव लडन नपाए पनि तरुण दलमा उनीहरुले उम्मेद्वार बन्न पाउने नपाउने भन्ने विषय अझै टुंगो लागेको छैन। नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको महाधिवेश आउँदो असोज ३ देखि पोखररामा हुने मिति सार्वजनिक भएको छ।

समाचार शेयर गर्नुहोस्
874
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.