यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि भइरहेको हिंसा अन्त्य गर्न माग

यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि भइरहेको हिंसा अन्त्य गर्न माग

काठमाडौं (पहिचान) असोज २ – नयाँ शक्ति नेपालले महिला, दलित, बालबालिका, यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि भइरहेको हिंसा अन्त्य गर्न माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सहित देशभरका जिल्ला प्रशासन कार्यालयमा नयाँ शक्ति नेपालले धर्ना सहित बुझाएको ज्ञापन पत्रमा यौनिक तथा लैंगिक अल्पसंख्यक माथि भइरहेको हिंसा अन्त्य गर्न माग गरिएको छ ।

manishaयौनिक तथा लैंगिक अल्पसंख्यकमाथि हुने हिंसा अन्त्य गर्न सरकारसँग ज्ञापनपत्र बुझाउने नयाँ शक्ति नेपाल पहिलो राजनीतिक शक्ति समेत भएको छ । महिला, दलित, बालबालिका, यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि भइरहेको हिंसा मानवअकिार बिरुद्धको गम्भीर अपराध हो नयाँ शक्तिले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, यसर्थ यसको अन्त्य गर्न कठोर कदम चालियोस् ।apechchhya

काठमाडौंको हनुमानथानमा भेला भएका नयाँ शक्ति नेपालका नेता कार्यकर्तासँगै यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यले भुकम्प पीडितलाई एकमुष्ट राहत दिन, कालोबजारी र महंगी नियण्त्रण गर्न, भ्रष्टाचार अन्त्य हुनुपर्ने, बेरोजगार युवालाई रोजगारी दिन, बन्द उद्योग तुरुन्त खुल्ला गर्न माग गरे । नील हिरा समाजकी अध्यक्ष एवं नयाँ शक्ति नेपालकी दलित तथा अल्पसंख्यक विभागकी संयोजक पिंकी गुरुङ्गको नेतृत्वमा जम्मा भएका समलिंगी तेस्रोलिंगीले आफूहरु माथि हुदै आएको हिंसा अन्त्य गर्न जोडदार माग गरे ।

muskanउनीहरुले महिला हिंसा अन्त्य गर्नु पर्ने, किसानलाई मल, बीउ, आधुनिक प्रविधि, सिंचाईको ब्यवस्था गर्नुपर्ने, सार्बजनिक यातायातमा हुने दुब्र्यवहार रोक्नु पर्ने माग गरे । स्नातकदेखि माथिको अध्ययन गरेका नागरिकलाई सके रोजगारी नभए जीवन निर्वाह हुने भत्ता दिएर आ–आफ्नो गाउँका विद्यालयमा अध्यापन तथा उत्पादनका लागि ठोस कार्यक्रमसहित पठाउन पनि नयाँ शक्ति नेपालले माग गरेको छ । देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई जनसरोकारका बिषयमा ध्यानाकर्षण गराइएको नयाँ शक्ति नेपालकी दलित तथा अल्पसंख्यक विभागकी संयोजक गुरुङ्गले जानकारी दिइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.