निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तरुण दल केन्द्रीय सदस्यमा तेस्रोलिंगी भूमिकाको दाबी

तरुण दल केन्द्रीय सदस्यमा तेस्रोलिंगी भूमिकाको दाबी

624
SHARES

काठमाडौं (पहिचान) असोज १० – तेस्रोलिंगी मानव अधिकारकर्मी भूमिका श्रेष्ठले नेपाल तरुण दलको केन्द्रीय सदस्यमा दाबी प्रस्तुत गरेकी छन् । नेपाली काँग्रेसको १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि समेत बनिसकेकी भूमिकाले काँग्रेसको भातृ संस्था नेपाल तरुण दलको संशोधित विधान अनुसार यौंनिक तथा लैंगिक अल्पसंख्यक कोटाबाट उम्मेद्वारी दिने तयारी गरेकी हुन् । bhumika-shersth
‘तेस्रोलिंगी साथिहरुले पनि राजनीतिक पहुँच नबढाए अधिकार स्थापित हुँदैन भनेर हामी तेस्रोलिंगीहरु राजनीतिमा क्रियाशील हुन थालेका हौं’ भूमिकाले भनिन्, ‘म विगत देखि नै सबैभन्दा उत्कृष्ट पार्टी भएकाले नेपाली कांग्रेसमा नै क्रियाशील छु ।’ उनले नेपाली कांग्रेसको नीति नैं राम्रो भएको र प्रजातान्त्रिक पार्टी पनि भएकाले आफू त्यसतर्फ आकर्र्षित भएको बताइन् ।
उनले आफू तरुण दलमा लाग्नुको कारण आम युवाहरुमा यौंनिक तथा लैंगिक अल्पसंख्यक (समलिंगी तेस्रालिंगी द्वीलिंगी र अन्तलिंगी) पनि अन्य मानिस जस्तै समान हुन् भन्ने धारणाको विकास गराउनु पनि भएको बताइन् । ‘हुन त म तरुण दलको केन्द्रीय सदस्य भए भने समुदायका मात्र कुरा गरेर पुग्दैन देशका सबै युवाको हितका लागि मैले लड्नु पर्छ’ भूमिकाले भनिन्, ‘तर मेरो पहिलो प्राथमिकता भने समलिंगी तेस्रोलिंगीमाथिको विभेद अन्त्यमा नैं केन्द्रीत हुनेछ ।’ उनले समाजमा विभेद रहेसम्म विकास संभव नभएको भन्दै त्यसका लागि आफू मात्र नभएर सिंगो तरुण दल र अन्य पार्टीका युवा संगठन पनि विभेद अन्त्यका लागि एक हुनुपर्ने बताइन् ।
भूमिकाले समलिंगी तेस्रोलिंगीहरु पछिल्लो समय धेरै पार्टीमा क्रियाशील हुन थालेको भन्दै सबैको सामुहिक लक्ष भने सामुदायिक हित नैं रहेको बताइन् । ‘म काँग्रेसमा लागेकी छु, अरु साथिहरु अन्य पार्टीहरुमा लाग्नुभएको छ’ उनले भनिन्, ‘तर जो जुन पार्टीमा लागे पनि समुदायका सम्बन्धमा उठाउने कुरा एउटै हुन् त्यस बाहे विचारका कुराहरु भने आआफ्ना हुन्छन् ।’ उनले नेपालबाट विदेशीन बाध्य युवालाई यही राख्नका लागि के गर्न सकिन्छ भनेर युवाहरुमाझ बहस हुनु आवस्यक भएको भन्दै नेपालमै बसेर दुव्र्यसनीमा परिरहेका र विभेद खेपेर बस्न बाध्य युवामा पनि आसा जगाउने काम युवाहरुकै भएको बताइन् । तरुण दलले अवको अभियान त्यता केन्द्रीत गर्ने उनको भनाई थियो ।

समाचार शेयर गर्नुहोस्
624
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.