“संविधान संशोधन गरेर भए पनि समलिंगी विवाहलाई मान्यता दिनुपर्छ”

“संविधान संशोधन गरेर भए पनि समलिंगी विवाहलाई मान्यता दिनुपर्छ”

721
SHARES

काठमाडौं (पहिचान) असोज १६ – नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद शोभाकर पराजुलीले संविधान संशोधन गरेर भए पनि समलिंगी विवाहलाई मान्यता दिनुपर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा नेपाली कांग्रेस संसदीय दलको सचेतक र पार्टीको मुख्य सचिव समेत भइसकेका पराजुलीले व्यक्तिको स्वतन्त्रताका लागि सबै उदार हुनुपर्ने बताए ।
‘अहिले त धेरै परिवर्तन भइसकेको छ, समलिंगी तेस्रोलिंगीलाई समाजले हेर्ने दृष्टिकोण समेत परिवर्तन भइसकेको छ’ पराजुलीले भने, ‘आज भन्दा धेरै वर्ष अघि नै मैले अरुका अधिकार प्रभावित नहुने गरी समलिंगी विवाहलाई मान्यता दिनुपर्छ भनेको थिए ।’ उनले समलिंगी विवाहलाई मान्यता दिदाँ समान्य विवाहलाई कुनै असर पर्नु नहुँने बताए ।
‘व्यक्तिको स्वतन्त्रताको प्रवद्र्धन नै लोकतन्त्रको मुल मर्म हो’ पराजुलीले भने, ‘त्यसैले कोही समान लिंगप्रति नै आकर्षित हुन्छ र विपरित लिंगप्रति कुनै आकर्षण छैन भने त्यसलाई रोकेर रोक्न सकिदैन ।’ उनले नेपाली काँग्रेस संविधान जारी गर्दाको नेतृत्वकर्ता र संसदको सबैभन्दा ठुलो पार्टीका हैसियतले संविधानमा रहेका प्रावधानको कार्यान्वयनमा उसको भूमिका बढी हुने बताए । उनले कांग्रेसले भातृ संगठनहरुको संरचनाबाट समलिंगी तेस्रोलिंगीलाई ठाउँ दिइसकेको भन्दै अब अरुले पनि त्यसलाई अवलम्बन गरेर समाजमा उनीहरुलाई स्थापित गराउनुपर्ने बताए ।

समाचार शेयर गर्नुहोस्
721
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.