निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘विगतमा हामीसँग उम्मेद्वार थिएनन्, अब केन्द्रीय समितिमा अनिवार्य तेस्रोलिंगी हुन्छन्’ : आरसी लामीछाने

‘विगतमा हामीसँग उम्मेद्वार थिएनन्, अब केन्द्रीय समितिमा अनिवार्य तेस्रोलिंगी हुन्छन्’ : आरसी लामीछाने

988
SHARES

काठमाडौं (पहिचान) असोज १८ – अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनिएन (अनेरास्ववियु)का सचिव आरसी लामिछानेले अनेरास्ववियुमा अबको महधिवेसनपछि अनिवार्यरुपमा समलिंगी तेस्रोलिंगी रहने बताएका छन् । पहिचानसँगको कुराकानीमा लामिछानेले विगतमा सामाजिक समस्या पनि भएकाले उनीहरुको प्रतिनिधित्व नभएको र अवका दिनमा प्रतिनिधित्व गराउन सहज हुने बताए ।
‘विगतमा हाम्रो समाजमा रहेको समस्याका कारण उम्मेद्वार नैं नहुने समस्या पनि थिए्,’ लामिछानेले भने ‘तर अहिले संविधानले संबोधन गरेपछि समाजको दृष्टिकोणमा पनि परिवर्तन भएको छ उहाँहरु पनि राजनीतिमा खुलेर भाग लिन थाल्नुभएको छ ।’ धेरै जना प्रतिनिधि गएको अनेरास्ववियुकै महाधिवेशनमा पनि सहभागि भएको भन्दै अवका दिनमा प्रतिनिधित्व सहज हुने बताए ।
‘अनेरास्ववियुले समावेसीताको अभ्यास यस अघि देखि नै सुरु गरसिकेको छ, तर त्यसमा तेस्रोलिंगीहरु समावेस हुन सकेका छैनन्, ‘उनले भने, ‘तर अबको महाधिवेशनमा केन्द्रीय समितिमा अनिवार्य सहभागिता रहने व्यवस्था हामी मिलाउछौं ।’ उनले आउने अधिवेशनमा सहभागिता सुनिश्चित हुने भन्दै त्यसका लागि अहिलेदेखि नै नेतृत्व विकासमा लाग्न समलिंगी तेस्रोलिंगीलाई आग्रह गरे ।
‘समावेसी कोटाबाट प्रवेश गर्ने र क्षमता विकास गरेर मुल नेतृत्वसम्म पुग्ने हाम्रो संगठनको अभ्यास हो’ लामीछानेले भने, ‘त्यसमा अब हामी समलिंगी तेस्रोलिंगीलाई पनि समावेस गछौं ।’

समाचार शेयर गर्नुहोस्
988
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.