समलिंगी तेस्रोलिंगीलाई हरेक पार्टीले चुनावमा टिकट दिनुपर्छ : योगेन्द्र चौधरी

समलिंगी तेस्रोलिंगीलाई हरेक पार्टीले चुनावमा टिकट दिनुपर्छ : योगेन्द्र चौधरी

784
SHARES

काठमाडौं (पहिचान) कार्तिक २ – मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले संविधानले पहिलोपटक संबोधन गरेको समलिंगी तेस्रोलिंगी समुदायलाई हरेक पार्टीले सबै तहका चुनावमा टिकट दिनुुपर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा केन्द्रीय सदस्य समेत रहेका चौधरीले संविधान आफै कार्यान्वयनमा नआउने भन्दै कार्यान्वयनका लागि राजनीतिक दलको भूमिका सकारात्मक हुनुपर्ने बताए ।
‘संविधानले लेखेको छैन भने पनि राजनीतिक दलको भूमिका भनेको सबैलाई समेटेर अघि बढ्ने हो’ चौधरीले भने, ‘अब संविधानले समेत यौनिक तथा लौंगिक अल्पसंख्यक भनेर संबोधन गरेको समलिंगी तेस्रोलिंगी समुदायलाई अब हरेक दलले पार्टी संगठनमा मात्र हैन स्थानीय देखि केन्द्रीय तहका चुनावसम्म उम्मेद्वार बनाएर उनीहरुको प्रतिनिधित्व गाउनुपर्छ ।’ चौधरीले समलिंगी तेस्रोलिंगी समुदायले पनि आफ्ना अधिकार किन आवस्यक छन् र अहिलेको अवस्थाले कस्ता विभेदहरु निम्त्याइरहेको छ भनेर बहस गराउनुपर्ने बताए ।
‘समलिंगीहरुको जनसंख्या कति छ भनेर एकीन भए राजनीतिक दलले पनि कति प्रतिनिधित्व गराउने भनेर स्पस्ट हुने मौका पाउँछन्’ चौधरीले भने, ‘मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पनि तथ्यांक सहित प्रतिनिधित्वका विषयमा निर्णय गर्न चाहन्छ ।’ उनले अरुले दलले समलिंगी तेस्रोलिंगीलाई समेटेनन् भने पनि फोरम लोकतान्त्रिकले समेट्ने बताए ।
समलिंगी विवाहलाई मान्यता दिनुपर्छ
चौधरीले समलिंगी जोडीहरु अहिले पनि विवाह गरेर बसिरहेको भन्दै त्यसलाई कानूनी मान्यता दिएर व्यवस्थित गर्नुपर्ने बताए । ‘मान्छेको स्वतन्त्रताको उपभोग गर्न रोक लगायो भने त्यसले विकृति निम्त्याउने मात्र हैन अपराध समेत निम्त्याउन सक्छ,’ उनले भने, ‘त्यस्ता संभावित अपराधलाई नियन्त्रण गर्न र समाजलाई व्यवस्थित गर्न समलिंगी विवाहलाई मान्यता दिनुपर्छ ।’ समलिंगी जोडिहरुको सम्पत्तिको स्वामित्व, नागरिकताको अधिकार र सामाजिक सरलीकरणका लागि समलिंगी विवाहले मान्यता पाउनुपर्ने चौधरीको भनाई थियो ।

समाचार शेयर गर्नुहोस्
784
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.