अब पुरुष महिला वा तेस्रोलिंगी भनेर हेर्नु मानवीयता भित्र पर्दैन : राजीवबिक्रम शाह

अब पुरुष महिला वा तेस्रोलिंगी भनेर हेर्नु मानवीयता भित्र पर्दैन : राजीवबिक्रम शाह

594
SHARES

काठमाडौं (पहिचान) कार्तिक ३ – नेपाली कांग्रेसका सांसद राजीवबिक्रम शाहले मानवीयता कमजोर भयोभने मानिस मानिसबीच पनि विभेद हुने बताएका छन । पहिचानसँगको कुराकानीमा शाहले पुरुष महिला, तेस्रो लिंगी वा अरु कुनै जाति भन्ने नजर नै विभेदको कारण हुने बताए ।
‘जाति लिंग वा रंग भन्दा अघि मानवीयताको कुरा आयो भने मात्र त्यो मानिस सभ्य भन्न मिल्छ’ मध्यपश्चिमको दुर्गम जिल्ला जाजरकोटबाट निर्वाचित सांसद शाहले भने, ‘जव कोही मानिस अर्को मानिसलाई मानिस बाहेक लिंग जात वा रंगको नजरले हेर्छ भने त्यो मानिस र उ हुर्केको समाज नै असभ्य भन्ने अर्थ लाग्छ ।’ शाहले मानिसलाई मानिसले गर्नुपर्ने व्यवहार सहज रुपमा भए विभेदको कुनै ठाउँ बाकी नरहने बताए ।
‘समलिंगीलाई धेरै पछि संविधानमा नैं लेखेर अधिकार दिइएको छ तर संविधानले अधिकार दिने भन्दा पनि मानिसले आफ्नो मनबाट सम्मान दिने कुरा महत्वपूर्ण हो’ उनले भने, ‘आजको दिनमा पनि विभेदको कुरा हुनु दुःखद विष हो यो मानवियताको विषय पनि हो ।’
तेस्रोलिंगी सबैभन्दा बढि विभेदमा
सांसद शाहले नेपाली समाजमा सबैभन्दा बढी विभेदमा परेको समुह समलिंगी तेस्रोलिंगी भएको बताए । ‘एउटा दलित जनजाति वा महिला कहिलै पनि आफ्नो आमाबाट र घरपरिवारबाट विभेदमा पर्दैन’ उनले भने, ‘तर तेस्रोलिंगी भएर जन्मिएको व्यक्ति आफ्नी आमा र परिवारभित्रबाटै विभेदमा पर्छ ।’
उनले आफ्नो परिवारमा पनि तेस्रोलिंगी भएको भन्दै त्यहि कारण उहाँ विभेदमा परिरहको बताए । ‘हाम्रो परिवारमा एकजना काका यो समुदायको हुनुहुन्छ’ शाहले भने, ‘त्यहिकारण उहाँले अंश समेत पाउनुभएको छैन ।’ उनले आफूलाई बच्चामा उहाँले नै हुर्काएको भन्दै असल माया दिने र सबैलाई समान व्यवहार गर्नसक्ने उहाँलाई अरुले भने सधै विभेद गर्नेगरेको बताए ।

समाचार शेयर गर्नुहोस्
594
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.