निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

संविधानले सबैको अधिकार सुरक्षित गरेको छ : सभामुख घर्ती

संविधानले सबैको अधिकार सुरक्षित गरेको छ : सभामुख घर्ती

643
SHARES

काठमाडौं (पहिचान) मंसिर १६ – सभामुख ओनसरी घर्ती मगरले संविधानले सबै समूदायको समानताको हक सुरक्षित गरेको वताएकी छन् । “संविधानको धारा १८ मा सबै समूदायलाई समानताको हक अन्तर्गत विभेद गर्न पाइने छैन भनिएको छ सभामुख घर्तीले भनिन्, अब कसैले विभेद भोग्नु नपरोस ।” संविधानको धारा १८ मा यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका व्यक्ति भएकै कारण विभेद गर्न नपाइने व्यवस्था छ ।

fnj-nepalनेपाल पत्रकार महासंघले अमेरिकामा क्रियाशील संस्था मदरल्यान्ड नेपालको सहकार्यमा स्थापना गरेको २०७३ सालको लैंगिक समानता पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा सभामुख घर्तीले महिला हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा नेपाल पत्रकार महासंघले प्रदान गरेको लैंगिक समानता पत्रकारिता पुरस्कार अर्थपूर्ण रहको बताइन् ।

उनले लैंगिक समानताका क्षेत्रमा पत्रकारको भूमिका महत्वपूर्ण हुने हुँदा सञ्चारमाध्यमले यसमा विशेष ध्यान दिनुपर्ने बताइन । सभामुख घर्तीले लैंगिक समानता पुरस्कार पत्रकारद्वय धिरेन्द्र प्रेमर्षी र बबिता बस्नेतलाई प्रदान गरिन् ।

पुरस्कृत पत्रकारद्धय झा र बस्नेतले महिला पुरुष मात्रै नभएर समाजमा तेस्रोलिंगी पनि रहेका र उनीहरु बिरुद्ध हुने विभेदको पनि कुरा उठाउनु पर्ने वताए । “महिला मात्रै होइनन् तेस्रोलिंगी पनि छन्, लैंगिक हिंसा उनीहरुलाई पनि हुन्छ पुरस्कृत पत्रकारद्धयले भने, उनीहरुको पहिचानलाई सम्मान गर्नु पर्छ ।” पुरस्कारको राशी जनही ४० हजार रुपैयाँ रहेको छ ।

समाचार शेयर गर्नुहोस्
643
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.