प्रदेश टुक्रयाउने संसोधन बिधेयक विरुद्धको प्रदर्शनमा तेस्रोलिंगीको ऐक्यवद्धता

प्रदेश टुक्रयाउने संसोधन बिधेयक विरुद्धको प्रदर्शनमा तेस्रोलिंगीको ऐक्यवद्धता

506
SHARES

रुपन्देही (पहिचान) मंसिर २३ – पाँच नम्बर प्रदेश टुक्राउने गरि आएकोे संविधान संशोधन प्रस्तावको विरोधमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पनि समर्थन जनाएका छन् । गत शुक्रबार बुटवलमा संयुक्त संघर्ष समितिको आयोजनामा भएको जनप्रदर्शनमा समलिंगी तेस्रोलिंगीले पनि ऐक्बद्धता जनाएका हुन् ।
पाँच नम्बर प्रदेश टुक्राउने गरि आएकोे संविधान संशोधन प्रस्तावको पक्षमा आफू नरहेको भन्दै तेस्रोलिंगीहरुले पनि समर्थन जनाएको नयाँ शक्ति पार्टी केन्द्रिय परिषद् सदस्य तथा नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ्गले बताइन् ।
लुम्बिनी अञ्चलका अधिकांश पाहाडी जिल्लाहरुलाई पाँच नम्बर प्रदेशबाट टुक्राउने गरि संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको बिरोधमा अधिकांश पहाडी समुदायको उपस्थित थियो ।
देशका बिभिन्न शहर तथा जिल्लामा छरिएर रहेका समलिंगी तेस्रोलिंगीहरु मध्ये २० प्रतिशत रुपन्देहीमा रहेको नील हिरा समाजको शाखा कार्यालय रुपन्देहीले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्
506
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.