अन्तरलिंगीबारेको उपन्यास आवरण प्रकाशन

अन्तरलिंगीबारेको उपन्यास आवरण प्रकाशन

काठमाडौं (पहिचान) पुष ३ – अन्तरलिंगी पात्र र बिषय बस्तु समेटेर जया ओझाले पहिलो उपन्यास आवरण प्रकाशनमा ल्याएकी छन । काठमाडौं उनको कृति भाषाविद तथा कोषकार बसन्तकुमार सर्माले सार्वजनीक गरेका हुन ।

साहित्यकार उमा सुवेदी, लेखक सेखर खरेल र उपन्यासका पात्र मध्येका एक इशान रेग्मिले उपन्यासको समिक्षा गरेका थिए । उमाले उपन्यास लेखनका थुप्रै बिषय भएपनि अन्तरलिंगीको मुद्धाको उठान गहन र फरक रहेको वताइन । यसलाई जयाले अत्यन्त न्यायपूर्वक लेखेको सुनाइन ।
छोरा या छोरी मात्रै सन्तान भन्ने हाम्रो सामाजिक दायरा छ जयाले भनिन तेश्रोलिंगी पनि सन्तान हुन तर समाजले सोच्ने धारणा संकुचित भएकाले अन्तरलिंगी आफनै परिवारभित्र अपहेलित हुनु परेको छ । उनीहरुले अस्तित्व खोजि गर्न समाजमा भोग्नुपरेकोे संघर्ष उपन्यासमा केन्द्रीत रहेको उमाले वताइन ।

सहानुभुती र समानुभुती फरक कुरा रहेको वताउँदै शेखरले जयाको लेखनमा समानुभुती भाव महसुस गर्न सकिने सुनाए । जयाको लेखन आख्यान भन्दा गैरआख्यान बढी देखिने शेखरले दावी गरे । तर, गम्भिर बिषय भएकाले उपन्यास पढ्न रोचक छ उनले भने ।

अन्तरलिंगी इशान आफ्ना समुदायको पक्षमा उपन्यास लेखेकोमा हौसिए । उनले उपन्यास अरुका लागि कथा भएपनि आफ्नो लागि अन्तरलिंगीको मुद्धा उठाउने दस्तावेज भएको वताए । जयाले भने सानैदेखि तेस्रोलिंगीबारे जान्ने कौतुहलता रहेको र खोजिनीति गर्दै जादा अनुभवलाई उपन्यासको रुप दिएको बताइन ।
साभार : कान्तिपुर दैनिक

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.