युएन केयरको आयोजनामा यौनिक अल्पसंख्यक फूटसल, १४ टिमको सहभागिता

युएन केयरको आयोजनामा यौनिक अल्पसंख्यक फूटसल, १४ टिमको सहभागिता

काठमाडौं (पहिचान) पुष ४ – युएन केयरले फरक समुदायलाई अतिरिक्त क्रियाकलाप मार्फत सक्षम बनाउका लागि फुटसल फुटबल प्रतियोगिता गरेको छ । प्रतियोगितामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसहित १४ टिमले सहभागिता जनाएका छन् ।
shah-milanकाठमाडौंको बाँसबारीस्थित चौरी फूटसलमा भएको प्रतियोगितामा सहभागि टिमलाई विभिन्न समुदायिक पहिचानयुक्त नाम दिइएको थियो ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसहित पीएलएचए समुदाय, ड्रक्सको दुव्यसनिबाट सुधार हुँदै गरेकाहरु र बालबालिकाहरु लगायत विभिन्न समुदायहरुको सहभागी रहेको थियो । टिमहरुको नाम विभिन्न समुदायहरु समेटीने गरी एलजीबीटीआइ, ट्रान्स जेण्डर, सेक्सुअल ओरिएन्टेसन, ह्युमनराईटलगायत नामाकरण गरिएको थियो ।
फुटसलमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका १० जना खेलाडीहरु सहभागी भएका थिए । अन्य समुदायबाट पनि ठुलो संख्यामा उपस्थिती रहेको थियो । फुटबल मात्र नभएर विभिन्न समुदायले आ–आफ्नो बारेमा प्रश्नहरु सोधेर जनचेतना जगाउने कार्यक्रम पनि राखिएको थियो ।

समुदायका विषयमा सोधिएका प्रश्नहरुको सहि जवाफ दिनेलाई पुरुस्कारको समेत ब्याबस्था गरिएको थियो । कार्यक्रममा नील हिरा समाजमा कार्यरत भक्ति शाहले एलजीबीटीआई सम्बन्धि विभिन्न प्रश्नहरु सोधि त्यहाँको माहोलमा रमाईलो गराउनुका साथै अन्य व्यक्तिहरुका कौतुहलता मेटाउने प्रयास गरेका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.