हामी समलिंगी तेस्रोलिंगीलाई क्याम्पसमा पनि सहयोग गर्छौ : साधना घिमिरे

हामी समलिंगी तेस्रोलिंगीलाई क्याम्पसमा पनि सहयोग गर्छौ : साधना घिमिरे

969
SHARES

काठमाडौं (पहिचान) माघ १९ – नेपाल विद्यार्थी संघकी सहमहामन्त्री साधना घिमिरेले समलिंगी तेस्रोलिंगीलाई आफूहरुले सहयोग गरिरहेको भन्दै भोलीका दिनमा पनि सहयोग गर्ने बताएकी छन् । पहिचानसँगको कुराकानीमा सहमहामन्त्री घिमिरेले समलिंगीहरुले पनि खुलेर अध्ययन सुविधा लिन अग्रसर हुुनुपर्ने बताइन् ।
‘हामीले हिजो पनि समलिंगी तेस्रोलिंगीलाई क्याम्पसमा आउँदा भर्ना हुने देखी शैक्षिक वातावरण निर्माण गर्नेसम्म सहयोग गरेका छौं, भोलीका दिनमा पनि उहाँहरुलाई सहयोग गर्ने नैं छौं,’ घिमिरेले भनिन्, ‘तर उहाँहरुले पनि खुलेर आउनुपर्यो र सुविधा लिनका लागि अग्रसर हुनुपर्यो ।’ उनले समलिंगीहरु खुलेर नआउँदा सम्म उनीहरुलाई सहुलियत दिन सम्भव नभएको बताइन् ।
‘नेपाल विद्यार्थी संघले दुइजना समलिंगी तेस्रोलिंगीलाई महाधिवेशन प्रतिनिधि समेत बनाएर सहभागि गराइसकेको छ,’ घिमिरेले भनिन्, ‘हामी क्याम्पसबाट पनि क्रियाशिलतासहित अघि आउन नेविसंघको सदस्यता लिएर क्रियाशिल हुन उहाँहरुलाई आग्रह गछौं ।’ उनले राजनीति भनेको धेरै ठुलो प्रतिस्पर्धाको ठाउँ भएको भन्दै आफूलाई त्यहाँ सुरक्षित गर्न समय देखि नैं क्रियाशीलता आवस्यक हुने बताइन् ।
पद्मकन्या क्याम्पसमा राजनीति गरेर स्ववियु उपाध्यक्ष हुँदै नेविसंघ सहमहामन्त्री बनेकी घिमिरेले शैक्षिक वातावरण पद्मकन्यामा रहेको भन्दै समलिंगी महिलाहरु त्यहाँ आएर पढ्नसक्ने बताइन् । घिमिरेले नेविसंघले त्रिविविलाई अघिल्लो सिनेट बैठकको निर्णय स्मरण गराउन उमेर हदको विषय उठाइरहेको भन्दै कि त २५ वर्ष उमेर हद राख्न कित उमेर हद नै नराख्न आग्रह गरिन् ।

समाचार शेयर गर्नुहोस्
969
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.