निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नयाँ शक्तिको तेस्रोलिंगी संगठन ‘यौनिक तथा लैंगिक अल्पसंख्यक केन्द्रीय परिषद गठन’

नयाँ शक्तिको तेस्रोलिंगी संगठन ‘यौनिक तथा लैंगिक अल्पसंख्यक केन्द्रीय परिषद गठन’

584
SHARES

काठमाडौं (पहिचान) माघ २२ – नयाँ शक्ति नेपाल पार्टीको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय केन्द्रीय परिषद गठन भएको छ । ‘यौनिक तथा लैंगिक अल्पसंख्यक संगठन’ नाम दिइएको संगठनको संयोजकमा निलहिरा समाजकी अध्यक्ष तथा नयाँ शक्ति पार्टीकी केन्द्रीय सचिवालय सदस्य पिंकी गुरुङ तोकिएकी छन् ।

गुरुङको संयोजकत्वमा ७५ सदस्यीय केन्द्रीय समिति गठन भस्एको हो । केन्द्रीय सदस्यमा नील हिरा समाजकै कार्यकारी निर्देशकसहित समाजमा कार्यरत अधिकांस पदाधिकारी तथा कर्मचारी मनोनित भएका छन् । त्यसबाहेक केन्द्रीय समितिमा विभिन्न जिल्लामा समाजकै विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारी तथा कर्मचारीहरु रहेका छन् ।
नयाँ शक्तिपार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईको उपस्थितिमा परिषदको गठन भएको हो । यौनिक तथा लैंगिक अल्पसंख्यक संगठन गठनमा नयाँ शक्ति पार्टीका संगठन विभाग प्रमुख देवेन्द्र पौंडेल, अन्तराष्ट्रिय विभाग प्रमुख हिसिलाा यमी, आ्रगिक संगठन प्रमुख कुमार पौंडेल उपस्थित थिए।
केन्द्रीय समितिसँगै केन्द्रीय कार्यलय, केन्द्रीय सचिवालय र विभागहरुसहितको पूर्णसंंरचनामामा संगठनको स्वरुप तयार भएको छ। केन्द्रीय परिसदले छुट्टै विधान र नीति समेत तय गर्ने भन्दै सुजन पन्तको संयोजकत्वमा सात सदस्यीय विधान समिति गठन गरेको छ । विधायनमा समितिमा अध्यक्ष पिंकी गुरुङसहित मनिसा ढकाल, राजेश लामा, पिटर, गौरी नेपाली, संजय शर्मा र देवनारायण चौधरी रहेका छन् ।
केन्द्रीय परिषद अन्तरगत केन्द्रीय समिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्यालय, विधान समिति पनि गठन भएको छ । यस्तै यौनिक तथा लैगिक अल्पसंख्यक राष्ट्रिय भेला व्यवस्थापन समिति पनि गठन गरिएको छ ।
नेपालको राजनीतिक इतिहाँसमै दलले आफ्नो पार्टी मातहत रहने गरी यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको केन्द्रीय परिषद गठन गरेको यो पहिलो घटना हो ।
केन्द्रीय परिषद गठन भएपछि केन्द्रीय परिषद सदस्य मनिषा ढकालले राज्यको नीति निर्माण तहमा तेस्रोलिंंगी नपुग्दासम्म परिवर्तन सम्भव नहुने भन्दै नयाँ शक्ति पार्टी त्यसका लागि माध्यम बन्न सक्ने बताइन् ।
‘आर्थिक समृद्धि हासिल नहुँदासम्म विदेशमा जाँदा समेत हेपिने र अरुदेशको इमिग्रेसनमा विभेद खप्नुपर्ने हुन्छ,’ ढकालले भनिन्, ‘त्यसैले अवको निकास आर्थिक विकास भन्ने नारा जस्तै काम गरेर समृद्धि हासिल गर्नु आवस्यक छ ।’

समाचार शेयर गर्नुहोस्
584
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.