निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

स्वतन्त्र विद्यार्थी युनियन चुनावमा पनि यौनिक अल्पसंख्यकको प्रतिनिधित्व हुन्छ : ऐन महर

स्वतन्त्र विद्यार्थी युनियन चुनावमा पनि यौनिक अल्पसंख्यकको प्रतिनिधित्व हुन्छ : ऐन महर

855
SHARES

काठमाडौं (पहिचान) फागुन ४ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का महासचिव ऐन महरले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका विद्यार्थीहरुलाई स्ववियु चुनावमा प्रतिनिधित्व गराइने बताएका छन् । पहिचानसँगको कुराकानीमा महरले यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थीहरुले खुलेर आफ्नो प्रतिनिधित्व माग्नुपर्ने बताए ।
‘पहिलो कुरा त स्वयमले नै क्रियाशीलता लिनुपर्ने हुन्छ,’ महरले भने, ‘कुनै क्याम्पसमा हाम्रो संगठनमा सदस्य छन् वा हाम्रो संगठनबाट चुनाव लड्न चाहन्छन भने हामी सहयोग गर्छौ ।’ उनले लिंगका आधारमा विभेद गर्ने अधिकार कसैलाई पनि नभएको बताए ।
‘हामीले अधिकारको वकालत नै गरेर त हिडेका छैनौं, तर हाम्रो संगठनले करिव दश वर्ष अघि देखि नै समलिंगी तेस्रोलिंगीलाई समावेस गरेको छ,’ महरले भने, ‘संविधानले समेत संबोधन गरिसकेको समुदायलाई अघि बढाउने कुरामा हाम्रो संगठन कुनै हिचकिचाहट राख्दैन ।’ उनले विद्यार्थी स्वयम्लाई पहिचान खुलाएर संगठनमा सक्रिय हुन आग्रह गरे ।
महरले आफू समावेसिताको पक्षधर भएको भन्दै समावेसिताका नाममा सबै अवसर एउटै व्यक्तिले लिने अतिवादी व्यवस्थाको भने विरोधमा रहेको बताए ।

समाचार शेयर गर्नुहोस्
855
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.