‘दलहरुले यौनिक अल्पसंख्यकलाई अवसर दिनुपर्छ’

‘दलहरुले यौनिक अल्पसंख्यकलाई अवसर दिनुपर्छ’

बिनोद बि सी/रुपन्देही (पहिचान) फागुन ५ – मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता सन्तोष पाण्डेले समलिंगी तेस्रोलिंगीलाई राजनीतिक दलहरुले समान अवसर दिनुपर्नेमा जोड दिएका छन् ।
नेतृत्व गर्ने क्षमता भए जो कोही पनि राजनीतिक दलको उच्च पदमा पुग्न पाउनु पर्ने उनको भनाइ छ । समलिंगी तेस्रोलिंगी पनि मानव नै भएको भन्दै उनले फरक पहिचान भएकै कारण विभेद हुन नहुनेमा जोड दिए ।
समलिंगी तेस्रोलिंगी तथा अपांगता भएका व्यक्तिलाई राष्ट्रिय राजनीतिमा सक्रिय हुन उनीहरुको पहिचान नै बाधक हुन नहुने उनले बताए ।
पौराणीक कालदेखी नै अस्तित्वमा रहेको यो समुदायलाई अपहेलना गर्न नहुँने भन्दै उनले भने, परिवर्तनको कुरा गर्ने हामीले सुरुवात आफैंबाट गर्नुपर्छ । नेतृत्व गर्ने अवसर उहाँहरुलाई पनि दिनुपर्छ ।
अल्पसंख्यक समुदायलाई माथि उठाउन उनीहरुले मागेको खण्डमा आरक्षण पनि दिनु पर्ने पाण्डेले बताए । पाण्डेले आगामी दिनमा आफ्नो पार्टीले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई विभिन्न तहमा प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाए ।
उनले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राष्ट्रको विकासको सोच बोकेर अगाडि बढ्न समेत सुझाव दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.