निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

यौनिक अल्पसंख्यकलाई हामी सँगै लिएर हिड्छौं : प्रेम जोशी

यौनिक अल्पसंख्यकलाई हामी सँगै लिएर हिड्छौं : प्रेम जोशी

999
SHARES

काठमाडौं (पहिचान) फागुन ८ – नेपाल विद्यार्थी संघका सहमहामन्त्री प्रेम जोशीले समलिंगी तेस्रोलिंगीहरुलाई नेविसंघले सँगै लिएर हिड्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा सहमहामन्त्री जोशीले नेविसंघले यौनिक तथा लैंगिक अल्पसंख्यकसहित सबैलाई सँगै लिएर हिड्दै आफ्नो राष्ट्रिय पहिचान कायम गर्ने बताए ।
‘नेविसंघ एउटा राष्ट्रिय संगठन हो त्यो राष्ट्रिय पहिचान देशका सबै समुदायले अपनत्व ग्रहण गरेपछि मात्र बलियो हुन्छ,’ सहमहामन्त्री जोशीले भने, ‘त्यसैले नेविसंघ यौनिक तथा लैंगिक अल्पसंख्यकसहित सबैलाई सँगसँगै हिडाएर अघि बढ्न चाहन्छ ।’ उनले नेविसंघले ११ औं महाधिवेसनमा नैं यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट दुइजना प्रतिनिधि आरक्षण कोटाबाटै सहभागि गराएको बताए ।
‘उहाँहरु अध्ययनका क्रममा अप्ठेरोमा हुनुुहुन्छ भने पनि पहिचान खुलाएर हामीसँग सहयोग माग्न सक्नुहुन्छ,’ जोसीले भने, ‘त्रिभूवन विश्वविद्यालयले हरेक वर्ष २० प्रतिशत विद्यार्थीलाई छात्रवृति प्रदान गर्छ तर आवस्यक मान्छे त्यसको पहुँचमा नपुग्दा अरुले नै पाइरहेको र कतिपय अवस्थामा फिर्ता गएको अवस्था छ ।’ उनले पहिचान खुलाएर दावी गरे आफू र आफ्नो संगठनले ‘छात्रवृति’का लागि सहयोग गर्न बताए ।
जोसीले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई राजनीतिमा आउने सोच हुँदा समय देखि नै क्रियाशीलता देखाउन आग्रह गरे । ‘नेविसंघले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राजनीतिमा आउने भए सहयोग र प्रोत्साहन गर्ने छ’ जोसीले भने ।

समाचार शेयर गर्नुहोस्
999
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.