निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेविसंघले मान्छे मान्छेबीच विभेद स्वीकार गर्दैन : डिल्लिराम सुवेदी

नेविसंघले मान्छे मान्छेबीच विभेद स्वीकार गर्दैन : डिल्लिराम सुवेदी

639
SHARES

काठमाडौं (पहिचान) फागुन ९ – नेपाल विद्यार्थी संघका उपाध्यक्ष डिल्लिराम सुवेदीले आजको युगमा पनि मान्छे मान्छेबीचको विभेद मानवीय सभ्यताका लागि लाजमर्दो कुरा भएको भन्दै नेविसंघले त्यस्तो विभेद स्वीकार नगर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा उपाध्यक्ष सुवेदीले समलिंगी तेस्रोलिंगीमाथि हुने विभेद पनि अमानवीय भन्दै त्यसलाई कुनै हालतमा स्वीकार्न नसकिने बताए ।

‘समलिंगी तेस्रोलिंगी होस वा कुनै जाती भाषा र संस्कृतिको किन नहोस कसैलाई पनि विभेद गर्नु हुँदैन,’ २१औं शताब्दिमा पनि कसैमाथि विभेद हुने संस्कार संस्कृति छन् भने नेविसंघलाई स्वीकार्य छैन ।’ उनले मानवीय संस्कारलाई समाज परिवर्तनका लागि अघि बढेको कुनै पनि संगठन र सभ्य व्यक्ति कसैले स्वीकार्न नसक्ने बताए ।

उनले समाज परिवर्तनका लागि सकै न कसैले अगुवाई गर्नै पर्ने भन्दै नेविसंघले त्यस्तो अभियानको नेतृत्व गर्नै लागेको बताए । ‘हामी बोक्सि आरोपमा कुटिएकी काभ्रेकी आमालाई समाजिक सम्मान गरेर विभेद गर्नेहरुलाई पाठ सिकाउने तयारीमा छौं,’ सुवेदीले भने, ‘त्यस्तो घटना समलिंगी तेस्रोलिंगी वा अरु कसै माथि भयो भने पनि हामी पुग्छौं ।’ सुवेदीले समलिंगी तेस्रोलिंगीलाई पनि नेविसंघमा आबद्ध भएर सामाजिक रुपान्तरणको अभियानमा सरिक हुन आग्रह गरे ।

उनले त्रिभूवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुन लागेको भन्दै क्याम्पसमा क्रियाशीलता लिएर स्ववियुमा पनि स्थान सुरक्षित गर्न यौनिक तथा लैंगिक अल्पसंख्यकलाई आह्वान गरे । ‘समलिंगी तेस्रोलिंगीहरु खुले आउनुभयो भने हामी त्यस्ता विद्यार्थी साथिहरुलाई अघिबढाउछौं’ सुवेदीले भने ।

समाचार शेयर गर्नुहोस्
639
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.