मिस पिंक इन्टरनेशनलको उपाधी थाइल्याण्डलाई, एनी ट्यालेण्ट राउण्डको चौथो स्थानमा

मिस पिंक इन्टरनेशनलको उपाधी थाइल्याण्डलाई, एनी ट्यालेण्ट राउण्डको चौथो स्थानमा

काठमाडौं (पहिचान) चैत १ – मिस पिंक इन्टरनेशनलको उपाधी थाइल्याण्डले जितेको छ । फष्ट रनर अपको उपाधी ब्राजिलले र सेकेण्ड रनर अपको उपाधी भेनेजुयलाले जितेको छ । बैंककमा भएको मिस पिंक इन्टरनेशलको ट्यालेण्ट राउण्डमा नेपालकी तेस्रोलिंगी महिला एनी लामा चौथो भएकी छन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यकहरुका लागि गरिएको मिस पिंक २०१६ को उपाधी विजेता तेस्रोलिंगी लामा ट्यालेण्ट राउण्डमा चौथो भएकी हुन् । विभिन्न देशका २८ जना प्रतियोगीसँग १० दिन तालिम लिने अवसर पाएको र त्यो तालिम आफ्नो लागि उपयुक्त भएको लामाले वताइन ।
लामाले फोटो सुट, विक्नी सुट, ट्यालेण्ट राउण्ड, मिस फोटो जेनिक कम्पिटिशनमा सहभागी जनाइन । उनले नेपालको बारेमा परिचयात्मक भिडियो प्रस्तुत गर्दै सगरमाथा र गौतम बुद्ध जन्मेको देश भनेर चिनाउन पाउँदा गर्व महसुस गरेको वताइन ।
नयाँ नयाँ साथीहरुसँग चिनजान गर्ने अवसर प्राप्त भयो एनीले पहिचान अनलाइनसँग भनिन्, अरु देशको संस्कृतीबारे थाहा पाउनुका साथै आफ्नो देश नेपालबारे सगरमाथा र गौतम बुद्ध जन्मेको देश भनेर चिनाउन पाए, मलाई खुशी लागेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.