निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तेस्रोलिंगी तिर्थमान शाक्यले प्रयोग गरेका सामानको प्रदर्शनी

तेस्रोलिंगी तिर्थमान शाक्यले प्रयोग गरेका सामानको प्रदर्शनी

846
SHARES

काठमाडौं (पहिचान) चैत्र ११ – नेपाल कला परिषदमा तेस्रोलिंगी व्यक्तिले प्रयोग गरेका सामानको प्रदर्शन भएको छ । परिषदमा आजदेखि सुरु कला प्रदर्शनीमा तेस्रोलिंगी तिर्थमान शाक्यले प्रयोग गरेका सामानको प्रदर्शनी भइरहेको हो । शाक्यको दैनिकी समेटेर बंगलादेशका मेहबुब रेहमानले निर्माण गरेको ९ मिनेट अवधीको वृत्तचित्र पनि प्रदर्शन भइरहेको छ ।

एक छोरी र एक छोराका बाबु तेस्रोलिंगी शाक्य जन्मदा पुरुष हुन् । उनी आफु जस्तै अर्को पुरुषसँग आकर्षित हुन्छन् । तर, घर परिवारको चाहना मार्न नसकेर विवाह गरेका उनको काठमाडौंको लाजिम्पाटमा छुट्टै कोठा समेत छ । त्यही कोठामा भएका सामान उनले परिषदको कला प्रदर्शनीमा लगेर राखेका हुन् । प्रदर्शनीमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलवावु पन्तले उपहार दिनु भएको दराज पनि राखिएको छ । यो दराजलाई उनले क्याविनेट १ नाम दिएका छन् ।

“यो सुनिल सरले उपहार दिनु भएको, टेवल अञ्जली लामा, टेलिभिजन छोरी हलस्त लगायतका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका साथीहरुले दिएका हुन् पहिचान अनलाइनसँगको कुराकानी तेस्रोलिंगी शाक्यले भने, पलङ, ओड्ने ओछ्याउना, किचन र्याग म आफैले किनेको हुँ ।” अप्रिल ९ तारिखसम्म चल्ने प्रदर्शनीको पहिलो दिन उनको स्टलमा स्वदेशी तथा विदेशी अवलोकनकर्ताको भिड लागेको छ ।

उनको वृत्तचित्रमा तेस्रोलिंगी सिमरन सेरचनलाई पनि देखाइएको छ । मेकअप गरेर कृत्रिम स्तन र कपाल लगाएर महिलाको गेटअपमा वसेका शाक्य धेरैको आकर्षणको केन्द्र बनेका छन् । उनले यो आफ्नो पहिलो पदर्शनी भएको वताउँदै स्टेज कार्यक्रमहरुमा भने पहिले पनि सहभागिता जनाउने गरेको वताए । समुदायको हक अधिकार, अफिसको राम्रो हुन्छ भन्ने लागेर प्रदर्शनमा आफुले प्रयोग गर्ने सामान राखेको शाक्यले वताए । तिर्थमान नील हिरा समाजमा कार्यरत छन् ।

केही तस्विरहरु

 

समाचार शेयर गर्नुहोस्
846
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.