निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पत्रकार महासंघ ललितपुरको सदस्यमा तेस्रोलिंगी शाह निर्वाचित

पत्रकार महासंघ ललितपुरको सदस्यमा तेस्रोलिंगी शाह निर्वाचित

598
SHARES

ललितपुर (पहिचान) बैशाख ११ – नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक तेस्रोलिंगी जिल्ला कार्य समिति सदस्यमा निर्वाचित भएका छन् । ललितपुर जिल्ला शाखाको अधिबेशनमा एक जना तेस्रोलिंगी सदस्य पदमा निर्वाचित भएका हुन् । महासंघको दशौँ अधिवेसनबाट सर्वसम्वत रुपमा ज्ञानप्रसाद पौडेलको अध्यक्षमा चयन गरिएको कार्य समितिमा तेस्रोलिंगी भक्ती शाह सदस्य पदमा चयन भएका हुन् । अधिबेशनमा सर्वसम्मत रुपमा कार्य समिति सदस्य पदमा निर्वाचित हुन पाएको आफूलाई खुशी लागेको शाहले वताए ।

यौनिक तथा लैंगिक अल्पसख्ंयक समुदाय नेपालमा पहिलेदेखि खुलेर आउने वतावरण भएको भए नेतृत्व सम्म लिने अवस्था आउन सक्ने थियो शाहले भने, ढिलै भएपनि पत्रकारको संस्थामा निर्वाचित हुन पाउनु समुदायका लागि खुशीको कुरा हो । आफूलाई पत्रकारले खुल्ने वातावरण वनादिएको वताउँदै शाहले पत्रकार महासंघ जस्तो गरिमामय संस्थाको सदस्य पदमा रहेर सम्पूर्ण श्रमजीवी पत्रकारको हक हितमा क्रियाशिल हुने प्रतिवद्धता जनाए ।

शाह पहिचान डट कममा आवद्ध पत्रकार हुन् । शाहले निर्वाचित ललितपुर जिल्ला कार्य समितिले पत्रकारको अवस्था नाजुक रहन नदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । अधिवेसनबाट खुला उपाध्यक्षमा सागर न्यौपाने, समावेशी उपाध्यक्षमा सृजना तिमिल्सेना, सचिवमा सविन शर्मा,सहसचिवमा रङसुर महतरा, समावेशी सहसचिवमा अस्मिता खड्का, कोषाअध्यक्षमा रामहरि कार्की चयन भएका छन् ।

त्यस्तैै, १४ कार्य समिति सदस्यहरुमा वीरेन्द्र ओली, केसरी पुन, विमल श्रेष्ठ, गोपाल आलेमगर, श्याम तण्डुकार, गणेशबहादुर आचार्य, गोमा पाण्डे, भक्ती शाह, विकास भट्टराई, तेजबहादुर तामाङ, जिवी लामा रविन राई, दीपक न्यौपाने र रोशन घिमिरे रहेका छन् ।

समाचार शेयर गर्नुहोस्
598
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.