‘साहित्यका सबै विधामा तेस्रोलिंगीका कुरा आउनुपर्छ’

‘साहित्यका सबै विधामा तेस्रोलिंगीका कुरा आउनुपर्छ’

774
SHARES

काठमाडौं (पहिचान) बैशाख २६ – गायक युवराज चौलागाइँले यौनिक तथा लैंगिक अल्पसंख्यकको विषय समेटिएको गीत गाउन सकिने बताएका छन् । “राम्रो शब्द, संगीत भए म समलिंगी तेस्रोलिंगीको विषय समेटिएको गीत गाउन तयार छु,” गायक चौलागाइँ भन्छन्, “गीत गीत नै हो त्यसको कुनै रङ्ग, जाती र लिंग हुँदैन । त्यसले सकारात्मक सन्देश दिन भने सक्नु पर्छ ।”
यौनिक तथा लैंगिक अल्पसंख्यक पनि यो समाजकै व्यक्ति भएकाले उनीहरुका विषय पनि नेपाली साहित्यका विविध विधामा समेटिनुपर्ने उनको भनाइ छ ।
समाजले समलिंगी तेस्रोलिंगीबारे धेरै जानकारी नपाएकै कारण उनीहरुलाई नकारात्मक रुपमा हेर्ने गरेको भन्दै गायक चौलागाइँले भने, “यदी यो समुदायबारे सबैलाई जानकारी हुने हो भने विभेद पनि हुँदैन थियो होला र साहित्यका सबै विधामा समावेश पनि हुने थियो होला ।”
महिला पुरुष सरह समलिंगी तेस्रोलिंगी पनि समान रहेको भन्दै उनले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई नकारात्मक रुपमा चित्रण गर्ने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिए । नेपाली चलचित्रमा अझै पनि समालिंगी तेस्रोलिंगीलाई नकारात्मक रुपमा चित्रण गरिएको प्रति उनले आपत्ति जनाउँदै यस्तो प्रचलनको तत्काल अन्त्य हुनुपर्ने धारणा राखे ।

समाचार शेयर गर्नुहोस्
774
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.