ताइवानमा समलिंगी विवाहलाई कानुनी मान्यता दिनुपर्ने फैसला

ताइवानमा समलिंगी विवाहलाई कानुनी मान्यता दिनुपर्ने फैसला

काठमाडौं (पहिचान) जेठ १० – ताईवानको सर्वोच्च अदालतले समलिंगी विवाहलाई कानुनी मान्यता दिनुपर्ने फैसला सुनाएको छ । ताईवानमा समलिंगी बिरुद्धको बढ्दो कारवाहिका घट्नाकाबीच त्यहाँको सर्वोच्च अदालतले आज समलिंगी जोडीको विवाहलाई बैधानिकता दिनुपर्ने फैसला सुनाएको हो । अदालतले समलिंगी जोडीको विवाहमाथि प्रतिबन्ध लगाउनु संविधान बिपरित भएको आफ्नो फैसलामा भनेको छ । अब यसले कानुनी मान्यता पाएमा समलिंगी जोडीको विवाहलाई बैधानिकता दिने ताईवान एसियाकै पहिलो मुलुक हुने बिबिसीले जनाएको छ ।
यसअघि ताईवानमा महिला र पुरुषको वैवाहिक सम्बन्धले मात्र कानुनी मान्यता पाउने प्रावधान थियो । अदालतको फैसलापछि संसदले विवाह सम्बन्धि प्रावधानमा संशोधन गर्नुपर्ने हुन्छ । तर संसदबाट यससम्बन्धि बिधेयक अघि बढ्ने नबढ्ने अन्यौल देखिएको समाचारमा उल्लेख छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.